काठमाडौँ, १९ असोज । शिक्षा मन्त्री धनिराम पौडेल र अनशनरत डा गोविन्द केसीका प्रतिनिधिबीच गएराति भेटवार्ता भएको छ ।
शिक्षामन्त्री पौडेल र डा केसीका प्रतिनिधि डा जीवन क्षेत्रीसहितको टोलीबीच मङ्गलबार राति अबेरसम्म मन्त्री निवास हरिहरभवन, पुल्चोकमा भेटवार्ता भएको हो । डा केसीले उठाउँदै आएका माग सम्बोधन तथा अनशन तोड्ने विषयमा सकारात्मक छलफल भएपनि सहमति नभएको मन्त्री पौडेलका प्रेस संयोजक जनार्दन पोखरेलले जानकारी दिनुभयो ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत १० दिनदेखि शिक्षण अस्पताल महाराजगन्जमा नवौँपटक आमरण अनशन बस्नुभएका डा केसीको स्वास्थ्य अवस्था गम्भीर भएकोप्रति चासो व्यक्त गर्दै मन्त्री पौडेलले भने डा केसीको माग सम्बोधन गर्ने गरी चिकित्सा शिक्षा विधेयक संसद्मा पेस भई छलफलसमेत भइसकेको अवस्थामा पुनः अनशन बस्नु सान्दर्भिक नभएको बताउनुभएको थियो ।
मन्त्री पौडेलले आमरण अनशन तोडेर वार्ता र संवादद्वारा समस्याको समाधान खोज्न पनि आग्रह गर्नुभएको थियो ।
धनगढी, १९ असोज । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अनशनमा बस्नुभएका प्राध्यापक डा गोविन्द केसीको जीवनरक्षाका निम्ति सहयोग गर्न सांसदहरुसँग आग्रह गर्नुभएको छ ।
आज यहां आयोजित पत्रकारसम्मेलनमा नेपाली काँग्रेसका युवानेतासमेत रहेका मन्त्री थापाले स्वास्थ्य मन्त्रालयभित्र गलत कुरा हुन नदिने भनेर आफूले डा केसीसँग अनशनमा नबसिदिन आग्रह गरेको स्मरण गराउनुभयो ।
मन्त्री थापाले भन्नुभयो—“त्रिभुवन विश्वविद्यालयको डिनको नियुक्तिको विषय टुङ्गिन सकेमा डा केसीको अनशन अन्त्य हुन सक्छ ।” एक प्रश्नमा उहाँले सरकारले संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोग लगाउन नमिल्ने र चाहेर पनि केही नहुने बताउँदै डा केसीले उठाएका मागको पक्षमा सांसदका रुपमा आफ्नो समर्थन भने रहेको दोहोरयाउनुभयो ।
“यो विषयमा छलफल चलाउनुपर्छ भनेर आफूले संसद्मा बोलेको हो, तर आज आफू फरक क्षमतामा छु”, मन्त्री थापाले भन्नुभयो । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसी हाल अनशनमा बसिरहनुभएको छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने