काठमाडौँ, १७ असोज । काठमाडौँ उपत्यकाका तीन जिल्लामा भूकम्पबाट क्षति भएका एक लाख १५ हजार ८०३ घरको सर्वेक्षण भएको छ ।
यही असोज १५ गतेसम्म काठमाडौँमा ५३ हजार १४९, भक्तपुरमा ३२ हजार ३८ र ललितपुरमा ३० हजार ६६१ घरको सर्वेक्षण सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले राससलाई जानकारी दिनुभयो ।
भूकम्प अति प्रभावित उपत्यका बाहिरका सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, गोरखा, धादिङ, रसुवा र नुवाकोट जिल्लामा विस्तृत घरधुरी सर्वेक्षण गरिएको थियो । काठमाडौँ उपत्यकामा भने ‘भेरिफिकेसन मोडल’(रुजु) बाट घर सर्वेक्षण गरिएको हो । सर्वेक्षण सम्पन्न भई अनुदान प्राप्त गर्न योग्य घरधनीको सूची प्रकाशन गर्नेक्रम सुरु भएकाले राजधानीमा छिट्टै अनुदान सम्झौता सुरु हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।
लमजुङ, चितवन, खोटाङ, तनहुँ, स्याङ्जा, पाल्पा, बागलुङ, गुल्मी, सोलुखुम्बु, कास्की, पर्वत, म्याग्दी, अर्घाखाँची, नवलपरासी, भोजपुर, धनकुटा र सङ्खुवासभामा दसैँपछि तयारी गरी तिहारपछि स्थलगत रुपमा रुजु ढाँचाबाट सर्वेक्षण गरिने निर्देशक लामिछानेले बताउनुभयो ।
“प्रभावित १७ जिल्लाका जिविससँग भूकम्प प्रभावितको सूची सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत् माग गरिएको छ, १७ वटै जिल्लामा सर्वेक्षण हेर्न ‘फोकल पर्सन’ तोकिएको छ”– उहाँले भन्नुभयो ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक