काठमाडौँ, १७ असोज । काठमाडौँ उपत्यकाका तीन जिल्लामा भूकम्पबाट क्षति भएका एक लाख १५ हजार ८०३ घरको सर्वेक्षण भएको छ ।
यही असोज १५ गतेसम्म काठमाडौँमा ५३ हजार १४९, भक्तपुरमा ३२ हजार ३८ र ललितपुरमा ३० हजार ६६१ घरको सर्वेक्षण सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले राससलाई जानकारी दिनुभयो ।
भूकम्प अति प्रभावित उपत्यका बाहिरका सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, गोरखा, धादिङ, रसुवा र नुवाकोट जिल्लामा विस्तृत घरधुरी सर्वेक्षण गरिएको थियो । काठमाडौँ उपत्यकामा भने ‘भेरिफिकेसन मोडल’(रुजु) बाट घर सर्वेक्षण गरिएको हो । सर्वेक्षण सम्पन्न भई अनुदान प्राप्त गर्न योग्य घरधनीको सूची प्रकाशन गर्नेक्रम सुरु भएकाले राजधानीमा छिट्टै अनुदान सम्झौता सुरु हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।
लमजुङ, चितवन, खोटाङ, तनहुँ, स्याङ्जा, पाल्पा, बागलुङ, गुल्मी, सोलुखुम्बु, कास्की, पर्वत, म्याग्दी, अर्घाखाँची, नवलपरासी, भोजपुर, धनकुटा र सङ्खुवासभामा दसैँपछि तयारी गरी तिहारपछि स्थलगत रुपमा रुजु ढाँचाबाट सर्वेक्षण गरिने निर्देशक लामिछानेले बताउनुभयो ।
“प्रभावित १७ जिल्लाका जिविससँग भूकम्प प्रभावितको सूची सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत् माग गरिएको छ, १७ वटै जिल्लामा सर्वेक्षण हेर्न ‘फोकल पर्सन’ तोकिएको छ”– उहाँले भन्नुभयो ।
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक