काठमाडौँ, १६ असोज । उद्योग मन्त्री नवीन्द्रराज जोशीले हाल बन्द अवस्थामा रहेका सार्वजनिक उद्योगलाई निजी क्षेत्रको सहभागितामा पुनः सञ्चालन गरिने बताउनुभएको छ ।
मन्त्री नियुक्त भएपछि आफूले गरेका कार्य र उपलब्धिका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री जोशीले बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने अभियानको थालनी नेपाल औषधि लिमिटेडबाट सुरु भइसकेको बताउनुभयो ।
आफू मन्त्री भएपछि सदनबाट सर्वसम्मतरुपले औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र विकास ऐन पारित भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यसले मुलुकको औद्यौगिक विकासमा सकारात्मक वातावरण बनेको छ ।”
मन्त्रालयले कम्पनी ऐन संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको, ७५ जिल्लामा उद्यमी विकासका लागि प्रस्ताव आह्वान गरिएको र अनलाइन निर्देशिका स्वीकृत भएको जनाएको छ ।
हेटौँडा कपडा कारखानाको सञ्चालनको ‘मोडालिटी’ अध्ययन गर्न कार्यदल गठन भइसकेको बताउँदै मन्त्री जोशीले भन्नुभयो, “खानी सल्लाहकार समितिको गठन गरी खनिज अन्वेषण विकास एवम् भूगर्भ अनुसन्धान कार्य तथा नियमावली तथा नीतिमा समसामयिक सुधार गर्न कार्यदल गठन गरेका छौँ ।”
मन्त्रालयले खानी सञ्चालनका लागि अनुमतिपत्र लिने तर काम सुरु नगर्नेलाई अनुमतिपत्र रद्द गर्नेसम्मको कारबाही गर्ने बारेमा गृहकार्य गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा उद्योग सचिव शङ्करप्रसाद कोइरालाले विगतका राम्रा कामलाई निरन्तरता दिई नयाँ अभियानका कार्यलाई परिणाममुखी बनाउन समग्र उद्योग प्रशासनलाई सुधार गर्दै लैजाने बताउनुभयो ।
मन्त्रालयले सांसद विकास कोषको केही रकम जिल्लामा उद्यमी विकासका लागि उपयोग गर्ने सम्बन्धमा सरोकारभएका निकायसँग छलफल गरिरहेको जनाएको छ ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम