
नेपाल र एल साल्भाडोर बिच कूटनीतिक सम्बन्ध स्थापना बारे हस्ताक्षरित पत्र आदान प्रदान गर्नुहुँदै परराष्ट्रमन्त्रीहरु । तस्बिर ः रमेश लम्साल, न्युयोर्क, रासस
न्युयोर्क, ६ असोज । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र सर्वियाका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री इभिका ड्यासिकबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्तामा आपसी, हित र चासोका विषयमा छलफल भएको र दुई देशको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउने विषयमा सहमति भएको थियो ।
यस्तै, असंलग्न मुलुकहरुले साझा धारणा र एजेन्डा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने विषयमा समेत कुराकानी भएको थियो ।
नेपाल र दक्षिण अमेरिकी मुलुक एल साल्भाडोरबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन नेपालाी प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र एल साल्भाडोरका विदेशमन्त्री ह्युगो रोजर मार्टिनेजले संयुक्तरुपमा कूटनीतिक सम्बन्ध स्थापना पत्रमा बुधबार हस्ताक्षर गर्नुभयो ।
एल साल्भाडोर नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने १४४औँ मुलुक रहेको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले जानकारी दिनुभयो ।
नेपाल र एल साल्भाडोरका बीचमा आर्थिक, सामाजिक तथा अन्य सहयोगका क्षेत्रमा मिलेर अगाडि बढ्ने प्रतिबद्धतासमेत सो अवसरमा व्यक्त गरिएको थियो ।
नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न पाउँदा आफूहरुलाई असाध्यै खुसी बनाएको विदेशमन्त्री मार्टिनेजको भनाइ थियो । दुवै मुलुकका परराष्ट्रमन्त्रीले कूटनीतिक सम्बन्धलाई आगामी दिनमा नयाँ उचाइमा पुरयाउने भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई