
संविधानसभामार्फत मुलुकको सर्वोच्च कानुन संविधान जारी भएको एक वर्ष पुगेको अवसर पारेर टोकियोमा मङ्गलबार साँझ मनाइएको संविधान दिवस कार्यक्रममा बोल्दै जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल । तस्बिर ः प्रकाश पन्थी, जापान, रासस
जापान (टोकियो), ५ असोज । नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा जापानमा समेत खुसियालीका साथ संविधान दिवस मनाइएको छ ।
संविधानसभामार्फत एक वर्षअघि मुलुकको सर्वोच्च कानुन संविधान जारी भएको एक वर्ष पुगेको अवसर पारेर टोकियोमा मङ्गलबार साँझ संविधान दिवस मनाइएको हो । उक्त कार्यक्रममा जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले मुलुकले लामो समयको प्रतीक्षापछि सर्वोच्च कानुन संविधान पाएको र अब यसको कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको औँल्याउनुभयो ।
संविधान जारी भएको एक वर्ष पुगेको खुसियालीमा राजदूत अर्यालले जापान टाइम्समा एक सन्देश प्रकाशित गरी नेपालका सबै क्षेत्र विशेषगरी शान्ति महानायक गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न र गराउन आग्रह नेपाली र जापानी नागरिकलाई आग्रह गरेका छन् ।
संविधान दिवसका अवसरमा दूतावासले रात्रि भोजको आयोजनासमेत गरेको थियो । रात्रिभोजमा जापानको संसदीय मैत्री सङ्घका सभासद्, परराष्ट्र मन्त्रालयका पदाधिकारी, जापानस्थित भारतीय, पाकिस्तान र बङ्गलादेशका राजदूतको उपस्थिति थियो ।
त्यस्तै रात्रिभोजमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय नेता देव गुरुङ, लीलामणि पोखरेलसहित जापानस्थित विभिन्न भ्रातृ सङ्गठनका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र स्थानीय व्यापारीको पनि उपस्थिति थियो ।
तीस लाख वनको उपाधि जापान क्लबले जिते
गत साता दक्षिण कोरियामा सम्पन्न दुई खेलमध्ये एकमा प्रतिस्पर्धीलाई हराएर जापानवासी नेपालीले दक्षिण कोरियामा नेपालीको सबैभन्दा ठूलो धनराशि भएको भनिएको ३० लाख वनको उपाधि हात पार्न सफल भएका छन् ।
दक्षिण कोरियामा सञ्चालित खेलमा जापानवासी नेपाली युवाले स्थापना गरेको नेपाल जापान फुटवल क्लबका खेलाडीले बुसान कप फुटबल प्रतियोगिताअन्तर्गत कोरियाको स्थानीय मेची–महाकाली समूहलाई हराएर उपाधि हात पार्न सफल भएका हुन् ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने रितन श्रेष्ठ बेस्ट प्लेयर घोषित भए । गोलरक्षक रञ्जित गुरुङ अब्बल देखिए । जापानबाट १८ खेलाडीको नेतृत्व गर्दै क्लबका अमृत गुरुङ गत मङ्गलबार कोरिया पुगेका थिए । नेपाल जापान फुटबल क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आएको यी दुवै खेललाई यो वर्ष पनि निरन्तरता दिँदै सहभागिता जनाएको जापानी टोली पहिलो खेलअन्तर्गत दोगुन्सान कप फुटबल प्रतियोगितामा भिडेको थियो ।
कोरियाको स्थानीय ओसिकोदो फरेनर माइग्रेन्ट सेन्टर नेपाली समाज गुन्सानले आयोजना गर्ने प्रतियोगितामा सहभागिताका लागि जापानभर विभिन्न चरणमा छनोट भएर गएका थिए । जापान फुटबल क्लबले मेचीमहाकाली समूहलाई २–० गोलले हराएको थियो । उपविजेता मेचीमहाकाली समूहले १५ लाख कोरियन वन हात पारयो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च