
काठमाडौँ, १ भदौ । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको निर्वाचन कार्यक्रम सुरु भएको छ ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा सङ्घको ११औँ महाधिवेशनअन्तर्गत मतदान आज बिहान ७ देखि साँझ ७ बजेसम्म भनिएता पनि प्राविधिक कारणले बिहान ८ बजेदेखि सुरु गरिएको निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुले जानकारी दिनुभयो ।
अध्यक्षमा आठजनाले उम्मेदवारी दिएपनि पदमराज पन्तले अध्यक्ष पदबाट फिर्ता लिएपछि महाधिवेशनमा सातजना चुनाव लड्ने हुनुभएको छ, जसमा मनोजमणि आचार्य, नैनसिंह महर, शुभराम बस्नेत, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य, नगेन्द्रसिंह ठकुरी र वचन कार्की रहनुभएको छ ।
त्यसैगरी, महामन्त्रीमा ६ जनाले उम्मेदवारी दिएपनि राजेश ज्ञवालीले उम्मेदवारी फिर्ता लिएपछि पाँचजना चुनाव लड्ने हुनुभएको छ जसमा हिमालदत्त श्रेष्ठ, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई र शङ्कर पौडेल रहनुभएको छ ।
कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिनुभएको छ ।
मधेसी सहमहामन्त्रीमा परमेश्वर शाह निर्विरोध निर्वाचित हुनुभएको छ । यसबाहेक उपाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्यमा गरी पाँचसयभन्दा बढीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । धेरै मतदाताले भोट हाल्न पाउने उम्मेदवारका लागि इलेक्ट्रोनिक मतदान प्रक्रियाद्वारा गरिने र थोरै मतदाताले भोट हाल्ने उम्मेदवारका लागि मतपत्रको प्रयोग गरिने पनेरुले जानकारी दिनुभयो ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने