
काठमाडौँ, १ भदौ । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको निर्वाचन कार्यक्रम सुरु भएको छ ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा सङ्घको ११औँ महाधिवेशनअन्तर्गत मतदान आज बिहान ७ देखि साँझ ७ बजेसम्म भनिएता पनि प्राविधिक कारणले बिहान ८ बजेदेखि सुरु गरिएको निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुले जानकारी दिनुभयो ।
अध्यक्षमा आठजनाले उम्मेदवारी दिएपनि पदमराज पन्तले अध्यक्ष पदबाट फिर्ता लिएपछि महाधिवेशनमा सातजना चुनाव लड्ने हुनुभएको छ, जसमा मनोजमणि आचार्य, नैनसिंह महर, शुभराम बस्नेत, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य, नगेन्द्रसिंह ठकुरी र वचन कार्की रहनुभएको छ ।
त्यसैगरी, महामन्त्रीमा ६ जनाले उम्मेदवारी दिएपनि राजेश ज्ञवालीले उम्मेदवारी फिर्ता लिएपछि पाँचजना चुनाव लड्ने हुनुभएको छ जसमा हिमालदत्त श्रेष्ठ, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई र शङ्कर पौडेल रहनुभएको छ ।
कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिनुभएको छ ।
मधेसी सहमहामन्त्रीमा परमेश्वर शाह निर्विरोध निर्वाचित हुनुभएको छ । यसबाहेक उपाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्यमा गरी पाँचसयभन्दा बढीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । धेरै मतदाताले भोट हाल्न पाउने उम्मेदवारका लागि इलेक्ट्रोनिक मतदान प्रक्रियाद्वारा गरिने र थोरै मतदाताले भोट हाल्ने उम्मेदवारका लागि मतपत्रको प्रयोग गरिने पनेरुले जानकारी दिनुभयो ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन