लन्डन । लन्डनको मुटु केन्जिङटन प्यालेस गार्डेन्स्मा अवस्थित नेपाली दूतावास भवन मर्मत शुरु भएको छ । नयां कार्यवहाक राजदूत शरदराज आरनले कार्यभार सम्हाले लगत्तै मर्मत सम्भारले तीव्रता पाएको हो । यतिखेर दूतावास भवनको भुईंतला (अन्डरग्राउण्ड), राजदूत बस्ने आवास गृह र त्यहां खसेको सिलिङ मर्मत एवं ढोकाका टुटेफुटेका सम्पूर्ण ताला चाबी फेरि रंग लगाउने काम भइरहेको कार्यवहाक राजदूत आरनले जानकारी दिए । मन्त्रिपरिषदले नयां राजदूतको नाम सिफारिस गरि संसदीय सुनुवाइ बांकी रहंदा राजदूत आवास गृह सिंगार्न लागिएको हो ।
दुई हिटिङ सिस्टम मध्ये एउटा काम नलाग्ने गरि बिग्रिएपछि त्यसलाई करिब १५ लाख रुपैयां खर्चेर मर्मत गर्न लागिएको छ भने अन्य सबै मर्मतमा कुल ५० लाख रुपैयां लाग्ने अनुमान छ । दूतावासका पुराना फर्निचर समेत ‘रिप्लेस’ गरिने आरनले जनाए ।
मर्मत सम्भार गर्न नसकिएको बहानामा उक्त क्राउन प्रोपर्टी बिक्री गर्ने चर्चा राजदूत फेरिने बित्तिकै हुने गर्दछ । तर, कार्यवहाक राजदूत आरन अब मर्मत गर्न बांकी केही नरहेको बताउंछन् । ‘अब सबै भौतिक संरचना नयां भइसकेका छन्, मर्मतको बहानामा बेच्न जरुरी छैन्’, उनले भने ।
तत्कालिन राजदूत प्रज्वल शमशेर जबराको पालामा भवन मर्मतका लागि मात्र ४ दशमलव ५ मिलियन पाउण्ड खर्च लाग्ने प्रतिवेदन नेपाल सरकारलाई बुझाइएपछि अर्थ मन्त्रालयले सो बराबरको रकम निकासा नगरिदिएर बिक्री प्रक्रियाले प्राथमिकता पाउंदै आएको कतिपयको बुझाइ छ ।
सन् १८६५ मा निर्मित १२ ए नम्बरको उक्त भवनको बजार भाउ करिब एकसय ८० मिलियन पाउण्ड पर्ने बताइन्छ । तत्कालिन नेपाल सरकारले सन् १९५६, २७ जुलाईमा भइराखेको लिज सरेन्डर गरि पुनः ९ अक्टोबर, सन् १९८० मा क्राउन स्टेट कमिश्नरसंग ९९ वर्षका लागि नयां लिज सम्झौता गरेको थियो । लिज सम्झौता अनुसार, नेपाल सरकारले सो भवनको भाडा वार्षिक एक हजार पाउण्डमात्र तिर्छ । लिज अवधि ५० वर्ष काटेपछि एकहजार पांच सय र ७५ वर्ष काटेपछि वार्षिक दुई हजार पाउण्ड तिर्नुपर्ने लिजको शर्त छ । सरकारले भाडा वापत त्रैमासिक (५ जनवरी, ५ अप्रिल, ५ जुलाई र १० अक्टोबर) मा भाडा तिर्नुपर्ने र ढिलाइमा २१ दिनभित्र भाडा नतिरे लिज खोसिने प्रावधान छ ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग