इस्तानबुल (टर्की), ४ साउन । टर्कीको सरकारले शुक्रबार भएको असफल विद्रोह ‘कू’ प्रयासपछि १५ हजार शिक्षकलगायत शिक्षा क्षेत्रका अन्य कर्मचारीलाई निलम्बन गरी छानबिन सुरु गरेको छ ।
टर्कीको शिक्षा मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गरी मन्त्रालय मातहतका १५ हजार २०० कर्मचारीलाई निलम्बित गरेको बताएको छ ।
यसअघि टर्की सरकारले करिब छ हजार सैनिक र आठ हजार प्रहरीलाई सेवाबाट बर्खास्त गरेको जनाइएको थियो ।
असफल राज्य विद्रोहमा सघाएको आरोपमा टर्कीका कैयौँ गभर्नर, उच्च पदस्थ सैनिक जनरल, न्यायाधीशलगायतका कर्मचारीलाई पनि यस अगावै निष्काशित गरेको टर्कीको राज्य सञ्चालित अनाडोलु न्युज एजेन्सीले जनाएको छ ।
यसैगरी टर्की सरकारले यहाँका विश्वविद्यालयमा कार्यरत एक हजार ५७७ डिनको राजीनामा मागेको पनि स्थानीय सञ्चारमाध्यमले बताइएका छन् ।
टर्कीमा केही दिन अगाडि सैनिकले विद्रोह गरी गरिएको ‘कू’ को प्रयासमा संलग्न भएको आरोपमा यहाँको हवाई सेनाका पूर्व प्रमुखसहित २६ वरिष्ठ सैनिक जर्नेललाई अदालतले हिरासतमा लिएको सरकारी सञ्चार माध्यमले जानकारी दिएका छन् ।
तेह्र वर्षदेखि सत्तामा रहेका टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगनलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ राष्ट्रपति विदामा रहेका बेला शुक्रबार राति गरिएको ‘कू’ प्रयास घन्टौँ लामो लडाइपछि शनिबार बिहानसम्ममा नियन्त्रणमा आएको थियो ।
अङ्कारा अदालतले पूर्व टर्की हवाई बलका प्रमुख जनरल आकिन ओज्टुर्कलगायत २६ सैनिक जर्नेललाई पक्राउको आदेश दिएको हो ।
ती वरिष्ठ अधिकारीहरुमाथि लागाइएको आरोपको सोमबार अबेर राति सुनवाई भएपछि हिरासतमा लिइएको राज्यद्धारा सञ्चालित समाचार समिति अनादोलुले जानकारी दिएको छ ।
गत शुक्रबार राति इस्तानबुल र अङ्कारामा सयौँको सङ्ख्यामा सडकमा ओर्र्लिएका सैनिक र सरकारी सेनाबीच भएको भिडन्तमा परी करिब ९० व्यक्तिको मृत्यु भएको थिया ।
त्यसमा परी एक हजार ५०० भन्दा पनि बढी मानिस घाइते पनि भएका थिए ।
राष्ट्रपति तैयप विदामा बसेको समयमा सेनाको एक समूहले देशको शासन व्यवस्थालाई नै नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विश्व विद्युतीय सवारी बजारमा चीनको वर्चस्व बढ्दै
विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न नेपाल आदिवासी जनजाति महासंघ यूकेको माग
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण