इस्तानबुल (टर्की), ४ साउन । टर्कीको सरकारले शुक्रबार भएको असफल विद्रोह ‘कू’ प्रयासपछि १५ हजार शिक्षकलगायत शिक्षा क्षेत्रका अन्य कर्मचारीलाई निलम्बन गरी छानबिन सुरु गरेको छ ।
टर्कीको शिक्षा मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गरी मन्त्रालय मातहतका १५ हजार २०० कर्मचारीलाई निलम्बित गरेको बताएको छ ।
यसअघि टर्की सरकारले करिब छ हजार सैनिक र आठ हजार प्रहरीलाई सेवाबाट बर्खास्त गरेको जनाइएको थियो ।
असफल राज्य विद्रोहमा सघाएको आरोपमा टर्कीका कैयौँ गभर्नर, उच्च पदस्थ सैनिक जनरल, न्यायाधीशलगायतका कर्मचारीलाई पनि यस अगावै निष्काशित गरेको टर्कीको राज्य सञ्चालित अनाडोलु न्युज एजेन्सीले जनाएको छ ।
यसैगरी टर्की सरकारले यहाँका विश्वविद्यालयमा कार्यरत एक हजार ५७७ डिनको राजीनामा मागेको पनि स्थानीय सञ्चारमाध्यमले बताइएका छन् ।
टर्कीमा केही दिन अगाडि सैनिकले विद्रोह गरी गरिएको ‘कू’ को प्रयासमा संलग्न भएको आरोपमा यहाँको हवाई सेनाका पूर्व प्रमुखसहित २६ वरिष्ठ सैनिक जर्नेललाई अदालतले हिरासतमा लिएको सरकारी सञ्चार माध्यमले जानकारी दिएका छन् ।
तेह्र वर्षदेखि सत्तामा रहेका टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगनलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ राष्ट्रपति विदामा रहेका बेला शुक्रबार राति गरिएको ‘कू’ प्रयास घन्टौँ लामो लडाइपछि शनिबार बिहानसम्ममा नियन्त्रणमा आएको थियो ।
अङ्कारा अदालतले पूर्व टर्की हवाई बलका प्रमुख जनरल आकिन ओज्टुर्कलगायत २६ सैनिक जर्नेललाई पक्राउको आदेश दिएको हो ।
ती वरिष्ठ अधिकारीहरुमाथि लागाइएको आरोपको सोमबार अबेर राति सुनवाई भएपछि हिरासतमा लिइएको राज्यद्धारा सञ्चालित समाचार समिति अनादोलुले जानकारी दिएको छ ।
गत शुक्रबार राति इस्तानबुल र अङ्कारामा सयौँको सङ्ख्यामा सडकमा ओर्र्लिएका सैनिक र सरकारी सेनाबीच भएको भिडन्तमा परी करिब ९० व्यक्तिको मृत्यु भएको थिया ।
त्यसमा परी एक हजार ५०० भन्दा पनि बढी मानिस घाइते पनि भएका थिए ।
राष्ट्रपति तैयप विदामा बसेको समयमा सेनाको एक समूहले देशको शासन व्यवस्थालाई नै नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी चिडियाखानामा
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै