
कतार, २ साउन । ‘भाषाको उत्थान नेपालीको पहिचान, सचेत र शिक्षित समाज निर्माण हाम्रो अभियान’ भन्ने मूल उद्घोषका साथ नवोदित साहित्य वाचनालय कतारले २०२औँ भानुजयन्तीका अवसरसँगै आठौँ अधिवेशनसहित खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
संस्थाका निवर्तमान अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नयाँ कार्यकालका लागि सीताराम थापाको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा चयन भएका छन् ।
प्रथम उपाध्यक्षमा लेख कार्की, द्वितीय उपाध्यक्षमा ईश्वर शाही, मोबाइल पुस्तकालय संयोजकमा टीका खड्का, महासचिवमा दीप मिलन, सचिवमा राजन लामा, कोषाध्यक्षम दिलीप पराजुली र सहकोषाध्यक्षमा ईश्वर राई हुनुहुन्छ ।
खुला कविता प्रतियोगिताा प्रथम इनोसेन्ट राजन, द्वितीय रुप रसाइली, तृतीय दीप मिलन तथा सान्त्वना निराजन लुइँटेल र उत्कृष्ट वाचक रेशम बस्नेत हुनुभएको थियो । विजयीलाई क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार रु तीन हजार र रु दुई हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार शाखाको समेत सहकार्य थियो ।
सो अवसरमा श्रेष्ठले प्रवासमा आएर पनि नेपाली भाषा र साहित्यको उत्थानमा साहित्यानुरागी तथा नेपाली समाज लागेकामा सन्तोष व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घ कतार शाखाका अध्यक्ष गणेशप्रसाद बन्जाडेले नेपाली भाषा र साहित्यको विकासमा अझ बढी सशक्त रुपमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित