
कतार, २ साउन । ‘भाषाको उत्थान नेपालीको पहिचान, सचेत र शिक्षित समाज निर्माण हाम्रो अभियान’ भन्ने मूल उद्घोषका साथ नवोदित साहित्य वाचनालय कतारले २०२औँ भानुजयन्तीका अवसरसँगै आठौँ अधिवेशनसहित खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
संस्थाका निवर्तमान अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नयाँ कार्यकालका लागि सीताराम थापाको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा चयन भएका छन् ।
प्रथम उपाध्यक्षमा लेख कार्की, द्वितीय उपाध्यक्षमा ईश्वर शाही, मोबाइल पुस्तकालय संयोजकमा टीका खड्का, महासचिवमा दीप मिलन, सचिवमा राजन लामा, कोषाध्यक्षम दिलीप पराजुली र सहकोषाध्यक्षमा ईश्वर राई हुनुहुन्छ ।
खुला कविता प्रतियोगिताा प्रथम इनोसेन्ट राजन, द्वितीय रुप रसाइली, तृतीय दीप मिलन तथा सान्त्वना निराजन लुइँटेल र उत्कृष्ट वाचक रेशम बस्नेत हुनुभएको थियो । विजयीलाई क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार रु तीन हजार र रु दुई हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार शाखाको समेत सहकार्य थियो ।
सो अवसरमा श्रेष्ठले प्रवासमा आएर पनि नेपाली भाषा र साहित्यको उत्थानमा साहित्यानुरागी तथा नेपाली समाज लागेकामा सन्तोष व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घ कतार शाखाका अध्यक्ष गणेशप्रसाद बन्जाडेले नेपाली भाषा र साहित्यको विकासमा अझ बढी सशक्त रुपमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम