
लन्डन । समय बिन्दुमा नरोकि चलिरहन्छ, म, हामी, उनी, हामीहरु, उनीहरु दौडी रहेछौं निरन्तर अनि निरन्तर । एक वर्ष बितेछ । हिजो जस्तो लाग्थ्यो भूकम्पले थिचेको तर थिलिएको मन मुर्झाऊन लागि सकेछ थाहै नपाइकन । सकेको बाचौं र बचाउने कोशिस गरौं । कुन चौतारीले साथ दिएका छैनन् र ? निरन्तर उ, उनी, म, हमीलाई शितलता र श्वासमा श्वास भरेर प्राण दिएका छन् । के यो लोभको खातिर हो र ? अर्थात् बैभव, धन, दौलतको खातिर हो । हो केवल उसको उपस्थितिको जिम्मेवारी अर्थात् सृष्टिको चुनौती हो ।
एउटा रुख निस्वार्थ आफ्नो कर्तव्य पुरा गर्छ भने हामी त सृष्टिका सुन्दर सृजना हौं । अब्बल दिल, दिमाग अनि चेतना पाएका छौं हामीले । त्यसकारण सम्पूर्ण प्राणी भन्दा फरक ढंगले बांच्ने कोशिस गरौं न । मानो खाएर मुठी दान गरौं । हाम्रो सानो पसिनाको थोपाले कसैलाई शितलता प्रदान गर्छ भने मानव हितका खातिर किन नलाग्ने ? किन नबांच्ने ? यो हाम्रो जिम्मेवारी हो, कर्तव्य हो । यही जिम्मेवारी निभाउने चाहनामा नेपलिज नर्सिङ एसोसिएसन यूकेले भूकम्पबाट भत्किएका भवन पुनर्निर्माणका लागि एउटा भने पनि इट्टा थप्न सकिन्छ कि भन्ने प्रण लिएर यही जुलाई २३ शनिबार च्यारिटी डिनर आयोजना गरेको छ । स्थान हाम्रै चिर परिचित ह्यारो बरो फुटबल क्लबमा सांझ ६ बजे पछि हुनेछ र सहयोग स्वरुप प्रवेश शुल्क २५ पाउण्ड तोकेका छौं ।
हामी सम्पूर्ण यूके नेपाली नर्सहरु, प्रेमिल सम्पूर्ण नेपाली समुदाय, पत्रकार, कलाकार, सम्पूर्ण पेशामा रहनु भएका महानुभावहरु, त्यस्तै विभिन्न संघ संगठनमा आवद्ध बुद्दिजिवी वर्गहरुलाई यो कार्यक्रममा उपस्थित भई साथमा साथ दिई हामीले चालेका पाइलाहरुमा हौसला बढाई दिनु हुनेछ भन्ने ठूलो आशा र भरोसा गरेका छौं । नेपाल नर्सिङ एसोसिएसन यूके हर काल सम्म हजुरहरु प्रति आभारी हुने छ ।
अघिल्लो वर्ष हाम्रो भूकम्प पीडितहरुलाई सहयोग जुटाउने अभियानमा सहयोग गर्नु हुने दयालु मन र दानी हातहरुलाई हामी हृदय देखि नै आभार प्रकट गर्न चाहन्छौं । तपाईहरुको सहयोग बिना हाम्रो लक्ष्य अधुरो हुने थियो । फेरी पनि मुरी मुरी धन्यवाद दिन चाहन्छौं । तपाईहरुको हातबाट प्राप्त सहयोग हामीले लक्षित समुदाय को घरदैलोमा पुरयाएका छौं र पुरयाउने छौं ।
कार्की नर्सिङ एसोसिएसन यूके अध्यक्ष हुन् ।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]