
दक्षिण सुडानमा चारदिनमा तीन सय बढीको मृत्यु ः राष्ट्रसङ्घ
जेनेभा, ३१ असार । दक्षिण सुडानमा चार दिन लामो झडपमा कम्तिमा ३०० मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।
राष्ट्रसङ्घका अनुसार यही जुलाई ८ गतेदेखि राष्ट्रपति साल्भा कीर उपराष्ट्रपति रेइक मचोरका सेनाबीच भएको चार दिन लामो ठूलो झडपमा परी सयौँ घाइते भएको समेत बताइएको छ ।
जुलाई ८–११ सम्म भएको झडपमा ३०० भन्दा बढी मानिसको मृत्यु भएको सयौँ अन्य घाइते भएका र करिब ४२ हजार मानिस आन्तरिक रुपमा विस्थापित भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने संस्थाका प्रवक्ता विलियम स्पिन्डलरले बताउनुभयो ।
संसारकै कान्छो देश दक्षिण सुडानबाट करिब आठ लाख ३५ हजार मानिस शरणार्थीका रुपमा विभिन्न छिमेकी राष्ट्रमा पलायन भएका छन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति
फेसबुक