
काठमाडौँ, १७ असार । ब्रसेल्सस्थित नेपाली दूतावासको आयोजनामा नेपाल र युरोपेली आयोगको सहकार्यमा नेपालको जलविद्युतको सम्भाव्यताको पहिचान विषयक सम्मेलन हालै सम्पन्न भएको छ ।
सम्मेलनमा कार्यवाहक राजदूत घनश्याम भण्डारीले नेपालको जलविद्युत् विकास मुलुकको आर्थिक, सामाजिक विकासका लागि अनिवार्य भएको बताउँदै सरकारले यस क्षेत्रमा साना र मध्यम लगानीलाई प्रोत्साहन गरेको बताउनुभयो ।
सम्मेलनको अध्यक्षता गर्दै एसियाली अध्ययनका लागि युरोपेली प्रतिष्ठानका वरिष्ठ एसोसिएट तथा आयोगका पूर्व नेपाली प्रमण्डलका प्रमुख डा अलेक्जेन्डर स्पाचिसले लगानीको स्रोतको विविधता हुनुपर्ने भन्दै नेपालको जलविद्युत विकासमा ठूलो लगानी आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा ब्रसेल्सस्थित लेउभेन विश्वविद्यालयका प्राध्यापक, ब्रसेल्सको परराष्ट्र मन्त्रालयका अधिकारी, कूटनीतिज्ञ, बुद्धिजीवी तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि सहभागी रहेको दूतावासले जनाएको छ ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची