
काठमाडौँ, ८ असार । अफगानिस्तानमा मारिएका १२ जनामध्ये ११ जन वैधानिक बाटो र एक गैरकानुनी ढङ्गबाट त्यहाँ पुगको भेटिएको छ ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले सुनसरीका अकुर तामाङ अफगानिस्तान गएको विवरण वैदेशिक रोजगार विभागको विवरणमा नदेखिएकाले उहाँ अवैधाननिक बाटोबाट विदेश गएको हुनसक्ने जानकारी गराउनुभयो ।
यही असार ६ गते भएको आत्मघाती आक्रमणमा परेर मृत्यु भएका ११ र घाइते सातजना भने वैधानिक बाटोबाटै विदेश गएको भेटिएको बताउनुभयो । अवैधानिक बाटोबाट गएकाहरुले बिमाबापतको रु १० लाख, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कल्याणकारी कोषबाट प्राप्त हुने तीन लाखलगायतका सुविधा पाउँदैनन् । उनीहरुलाई सुविधा दिन छुट्टै निर्णय गर्नुपर्ने सचिव लम्सालले बताउनुभयो ।
आर्थिक वर्ष २०६२, ६३ मा अफगानिस्तानको निश्चित क्षेत्रमा रोजगारीका लागि खुला गरिएयता पनि हालसम्म वैधानिक ढङ्गबाट आठ हजार ६१४ जना नेपाली रोजगारीका लागि वैधानिक ढङ्गबाट अफगानिस्तान गएका छन् । जसमध्ये पाँच हजार २९१ व्यक्तिगत श्रम स्वीकृतिमा र र तीन हजार ३२३ जना म्यानपावर मार्फत संस्थागत श्रम स्वीकृतिमा गएका छन् ।
अवैधानिक ढङ्गबाट समेत १० हजारको हाराहारीमा नेपाली रोजगारीका लागि अफगानिस्तान गएको अनुमान गरिएको छ ।
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त