लन्डन । एक दशक यता लन्डन छन् इन्टेक १९८५ का भूपू ब्रिटिश गोर्खा भीम लिम्बु । बेलायतले सन् २००९ मा चार वर्ष सेवा गरेका सबै भूपू गोर्खालाई आवासीय अधिकार दिने व्यवस्था गरेसंगै लिम्बुले पनि यहांको पिआर पाए । त्यसपछि श्रीमति, एक छोरा र एक छोरी ल्याएर उनी भाडामा बस्दै आएका थिए । तर, स्थायी रुपमा यतै बस्ने भएपछि लिम्बुले ललितपुरको तीन तले घर डेढ करोड रुपैयांमा बेचेर हालै लन्डन फेल्थाममा घर किनेका छन् । ३ लाख ७५ हजार पाउण्ड मुल्यको घर किनेर मंगलबारमात्रै सरेका उनी भन्छन्, ‘हामी सबै यता हुंदा नेपालको घर रेखदेख गर्ने कोही भएन । अनि बेलायतमा प्रोपर्टीमा लगानी गर्दा फाइदा नै हुने भएकाले नेपालको बेचेर यतै बस्ने निधो गरियो ।’
१८ वर्ष ब्रिटिश आर्मीमा सेवा गरेर अवकास लिएपछि ओमेन्द्र गुरुङ अन्य सहयोद्धासंगै बेलायत बस्न लालयित भए । सन् २००४ देखि ००६ को अवधिमा बेलायत छिर्ने भूपू गोर्खाहरुले सहजै आवासीय अधिकार पाएका थिए । पिआर पाउने भाग्यमानीमा उनी पनि परे । श्रीमति, एक छोरा र दुई छोरीसंगै बेलायत बस्ने निधो भएपछि लमजुङ बाग्लुङ पानी ५ निवासी गुरुङले काठमाण्डौंका दुईवटा घडेरी बेचे । घडेरी बेचेको पैसा र आफ्नो केही वचतले रेडिङमा तीन बेड रुमको घर किनेर ओमेन्द्र स्थायी रुपमा यतै बस्छन् । ‘छोराछोरीको भविष्य सोचेर पनि यतै बस्ने निधो गरें’, पुलिस कम्युनिटी सपोर्ट अफिसर रहेका उनी भन्छन्, ‘अब नेपाल जाने त्यस्तो केही योजना छैन् ।’
भूपू गोर्खामात्र होइन, यूकेको पिआर लिएर ‘सेटल्ड’ भइसकेका अन्य नेपालीले पनि घर किन्न थालेका
छन् । सन् २००९ देखि ०१४ सम्म घर खरिद उत्कर्षमा पुगे जस्तो अवस्था अहिले छैन् तर नेपाली बढ्ने क्रमसंगै यसले निरन्तरता भने पाएको छ । केही अपवाद बाहेक मध्यम स्तरको परिवारलाई यूकेको कमाइले मात्र घर किन्न सम्भव छैन् । त्यसकारण शुरुमा राख्नुपर्ने कम्तीमा १५, २० प्रतिशत डिपोजिट नेपालबाटै ल्याउनु पर्ने वाध्यता छ । नेपालीले किन्ने घर सामान्यत डेढ लाख देखि ५ लाख पाउण्ड सम्मका हुन्छन् ।
पछिल्ला वर्ष घर मुल्य बढेकाले आफ्नो आम्दानीबाट मात्रै सबै मोर्गेज कभर हुन नसक्ने भएकाले वचत अनि नेपालको घर जग्गा बेचेर पैसा ल्याउने चलन बढेको एक्सेस फाइनान्सियल सभिसेजका निर्देशक एवं पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मीन दर्लामी बताउंछन् । आफ्नो कम्पनीले घर खरिदका लागि सातामा ६ देखि १० वटासम्म मोर्गेज र
रिमोर्गेज प्रक्रिया मिलाइदिने गरेको दर्लामीले जानकारी दिए ।
नेपालको राजनीतिक अस्थिरता, अभाव र न्यून अवसरलाई बहना बनाउंदै अधिकांश नेपाली बेलायत आएपछि यतै बस्न थाल्छन् । अहिले बेलायतमा नेपालीको जनसंख्या करिब डेढ लाख रहेको अनुमान छ । आवश्यकता र प्रतिष्ठासंग गांसिएकाले पनि घर र गाडी किन्ने धोको धेरैको हुन्छ । घर खरिद जीन्दगी भरको कमाइ मान्नेहरु पनि छन् । कतिपयले प्रोपर्टी खरिद विक्री र भाडामा लगाउने व्यवसाय समेत गरिरहेका छन् ।
लन्डनस्थित नेपाली दूतावासका अनुसार, गत वर्ष ०७२ साउन देखि ०७३ बैशाख मसान्तसम्म ३१९ वटा पावर अफ एटोर्नी (अधिकृत वारेसनामा) जारी भएको छ । घर जग्गा बेचविखन, सम्वन्ध विच्छेद र जग्गा नामसारी प्रयोजनका लागि अधिकृत वारेसनामा जारी भएको जानकारी दिंदै दूतावासले हरेक महिना ३० वटा हाराहारी घर जग्गा कारोवार भइरहेको बताएको छ ।
करिब डेढ दशकदेखि रेमिटेन्स व्यवसाय गर्दै आएका आइएमइ यूकेका
निर्देशक कमल पौडेल रेमिटेन्स नेपाल पठाउने क्रम समग्रमा झन्डै ५० प्रतिशतले घटेको बताउंछन् । ‘पहिले पहिले मानिसहरु घर जग्गा किन्न र आफन्तलाई दिन पैसा पठाउंथे, अहिले नेपालबाटै ल्याउने क्रम बढेको छ’, पौडेलले भने, ‘विशेष गरि भूपू गोर्खाहरुले आवासीय अधिकार पाएसंगै पैसा पठाउने क्रम न्यून भएको हो । ’
घर खरिद प्रयोजनका लागि नेपालबाट कति पैसा भित्रिन्छ त्यसको एकिन आंकडा त छैन् । किनभने कानुनी रुपमा नेपालबाट भारी रकम बेलायत ल्याउन मिल्दैन । तर, व्यक्ति व्यक्तिबीचको सम्वन्ध र हुन्डीबाट मानिसहरुले आफ्नो सम्पत्ति बेलायत ल्याउने गरेका रेमिटेन्स व्यवसायीको बुझाइ छ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा