
लन्डन । ग्रुप ए मा रहेको स्वीट्जरल्याण्डले पहिलो पटक युरोकप खेलेको अल्वानियालाई १, ० ले हराएको छ । स्वीट्जरल्याण्डका लागि फबियनले पाँचौ मिनेटमा गोल दिलाए । अल्वानियाका लागि लोरिक कनाले ३६ औ मिनेटमा रातो कार्ड खाएका थिए ।
तेस्तै ग्रुप बी मा भएको खेलमा वेल्सले स्लोभाकियालाई २, १ ले हरायो । वेल्सका ग्य्रेथ बेलले र हाल रोब्सनले १, १ गोल गरेका थिए भने स्लोभाकियाको लागि एक गोल दुडाले फर्काएका थिए ।
उता, ग्रुप बीमा भएको आजको अन्तिम खेलमा रसियाले इंग्ल्याण्डलाई बराबरीमा रोकेको छ । युरोकप छनोट चरणमा एउटा पनि खेल नहारि समूह विजेता बनेको इंग्ल्याण्डका लागि ७३ औ मिनेटमा डिएर फिरेडले गरेको निकै सुन्दर फ्री किकको गोलले टिमलाई १, ० को अग्रता दिलाएका थिए । रसियाका लागि कप्तान बेरेजुत्कसीले ९२ औ मिनेटमा हेड गोल गरेपछि इंग्ल्याण्डले १ अंकमा चित्त बुझायो ।
यस खेलसंगै वेल्स ग्रु बी को शिर्ष स्थानमा छ भने ग्रुप बीमा फ्रान्स र स्वीट्जरल्याण्ड ३, ३ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् ।
यसअघि, युरोकपको उद्घाटन खेलमा फ्रान्सले रोमानियालाई २–१ गोल गर्दै आफ्नो विजयी सुरुवात गरेको थियो ।
खेलको सुरुवातीमा घरेलु दर्शकलाई खासै उत्साहित बनाउन नसकेको फ्रान्सले ५७ औँ मिनेटमा २९ वर्षीय डिमित्री पेयटले दिएको क्रस बललाई ओलिभर जिराउडले कुनै गल्ती नगरी गोलमा परिणत गरेपछि आयोजक राष्ट्र फ्रान्सका दर्शकले स्टेडियम नै थर्कने गरी खुसीयाली मनाएर खेलाडीलाई थप आत्मबल दिलाएका थिए ।
तर खेलको ६५औँ मिनेटमा रोमानियाका खेलाडी निकोल स्टान्सुलाई प्याट्रिक इभ्राले लडाएपछि पाएको पेनाल्टी गोलमा परिणत भएपछि खेल १–१ बराबरी भयो । खेलको अन्तिम समय अर्थात् ८९ औँ मिनेटमा पेयटले गोल गरेर फ्रान्सले रोमानियालाई २–१ ले पछि पारयो ।
रोमानियाले खेललाई बराबरीमा ल्याउन निकै मेहनत त गरयो तर ढिलो भइसकेको थियो । अन्ततः पहिलो खेलमा पराजय स्वीकार्दै रोमानिया मैदानबाट बाहिरियो । फ्रान्स २–१ गोल अन्तरका साथ युरोकपको पहिलो विजयी बन्न सफल भयो ।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल