लन्डन । आउदो जुलाई ३० र ३१ तारिखमा डेनमार्कको कोपेनहेगनमा हुन गइरहेको गैर आवासीय नेपाली संघको नवौं युरोप क्षेत्रीय बैठक तथा सातौं महिला बैठकको तयारीको सिलसिलामा आइतबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
टेलि कन्फरेन्स मार्फत बसेको बैठकमा बैठक तयारीका लागि गठित विभिन्न कार्यदलका संयोजकहरुले आआफ्नो कार्यदलको प्रगति विवरण सुनाएका थिए ।
आर्थिक कार्यदलका संयोजक प्रेम गुरुङले बैठकका लागि प्रायोजकहरुसंग सम्पर्क गर्ने काम भइरहेको जानकारी दिए । उनले आ आफ्नो व्यवसायको प्रचारप्रसार गर्न यो राम्रो अवसर हो भन्दै विगतमा जस्तै सम्मेलनको तयारीमा सघाउन एनआरएन एनसीसीहरुलाई आग्रह पनि गरे ।
स्मारिका प्रकाशन कार्यदलका संयोजक दावा शेर्पाले आउँदो जुन २० तारिख भित्र आआफ्ना एनसीसीका गतिविधिहरु प्रेषित गर्न अनुरोध गरे । उनले वरिष्ठ पत्रकारहरु समेतको सहयोगमा स्मारिका प्रकाशन गर्न लागिएको बताउँदै आफ्ना गतिविधिहरु छिटै पठाउन अनुरोध पनि गरे ।
एनआरएन आइसीसीका महासचिव बद्री केसीले बैठकको पूर्ण सफलताका लागि खटिरहेका साथीहरुलाई धन्यवाद दिंदै बैठकलाई सफल पार्न सक्दो सहयोग गर्न आइसीसी तयार रहेको बताए ।
एनआरएन आइसीसीका सचिव अर्जुन श्रेष्ठले बैठक आयोजनाकालागि व्यक्तिगतरुपमा १,००० युरो सहयोगको घोषणा गर्दै यसअघिका युरोपेली क्षेत्रीय बैठकहरुको अनुभव सुनाए । त्यसैगरी आइसीसी सदस्य एकराज गिरीले बैठक सफल पार्न सबै एनआरएन सदस्यहरुले तन, मन र धनले सहयोग गर्नुपर्ने बताए ।
यसैगरी सो बैठकले नवौं युरोप क्षेत्रीय बैठक तथा सातौं महिला बैठकका लागि “युरोपका नेपालीको अभियानः लगानी, पुनर्निर्माण र पर्यटन“ भन्ने नारा निश्चित गरेको छ ।
बैठकमा एनआरएनएकी महिला सहसंयोजक रजनी प्रधानको प्रस्तावमाथि छलफल पश्चात् कोपेनहेगन बैठकका लागि सहभागी दर्ता शुल्क १०० युरो तोकिएकोमा एनआरएनए एनसीसीका महिला सदस्यहरुका लागि ८० युरो मात्र तोक्ने निर्णय पनि गरेको छ ।
एनआरएनएकी महिला संयोजक सपिला राजभण्डारीले सो निर्णयको स्वागत गर्दै एनआरएनसंग आवद्ध महिला साथीहरुलाई उल्लेख्य संख्यामा बैठकमा सहभागी हुन आग्रह गरिन् ।
बैठकले कोपेनहेगन बैठकको कार्यक्रमको ढाँचा तयार गर्न आइसीसीका सल्लाहकार डा. हेमराज शर्मालाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
एनआरएन एनसीसीका अध्यक्ष दीपेन्द्र चुडालले बैठकको तयारीबारे जानकारी दिंदै सबै एनसीसीहरुलाई बैठकका सहभागीहरुबारे जति सक्दो चांडो जानकारी दिन पनि अनुरोध गरे । उनले भिसा लगाउनु पर्ने मुलुकका साथीहरुले निम्तोपत्रका लागि सकभर छिटो एनसीसी डेनमार्कलाई सम्पर्क गर्न आग्रह गरे । उनले एनआरएन डेनमार्कको वेबसाइट http://nrndenmark.dk/erm_registration मा गएर पनि रजिस्ट्रेसन गर्न सकिने जानकारी दिए ।
बैठकको संचालन गरिरहेका एनआरएन युरोपका सहसंयोजक तथा नवौं युरोप क्षेत्रीय बैठक एवं सातौ महिला बैठक आयोजक समितिका सचिव सोम सापकोटाले डेनमार्क केही महँगो मुलुक भएको र जुलाई, अगस्टमा होटेलहरु पनि महँगो हुने भएकाले जति सक्दो चाँडो होटेल बुक गर्न अनुरोध गरे । उनले कुनै पनि सहयोग चाहिए आयोजक डेनमार्क एनसीसीलाई सम्पर्क गर्न आग्रह गरे ।
बैठकको अध्यक्षता गरिरहेका गैर आवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक कुल आचार्यले हरेक २ वर्षमा हुने उक्त बैठकलाई भव्यरुपमा सफल पार्न सबै साथीहरुलाई आग्रह गरे । उनले एनआरएनको लक्ष्य पुरा गर्न यस्ता बैठकहरु महत्वपूर्ण हुने बताउदै खासगरी अर्थ संकलनमा सघाउन सबैलाई आग्रह पनि गरे । आचार्यले नवौं युरोप क्षेत्रीय बैठककालागि १,००० युरो सहयोग गर्ने घोषणा पनि गरेका थिए । बैठकमा विभिन्न महानुभाव तथा एनसीसीहरुबाट आठ हजार युरो भन्दा बढी रकम सहयोगको घोषणा गरिएको थियो भने अरु रकम उठ्ने क्रम जारी रहेको आर्थिक कार्य दलका संयोजक प्रेम गुरुङले बताए ।
समितिको अर्को बैठक आउँदो ३ जुलाइमा बस्ने र त्यसमा बैठकको कार्यक्रमलाई अन्तिम रुप दिइने बताइएको छ ।
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम