काठमाडौँ, १८ जेठ । डेनमार्कको कोपेन हेगनस्थित नेपाली दूतावासले आइतबार सगरमाथा दिवस र सगरमाथाको शिखरमा प्रथम मानव पाइला पुगेको उपलक्ष्यमा यहाँ एक स्वागत समारोहको आयोजना गरयो ।
नेपाली दुतावासका अनुसार डेनिस तथा नेपाली समुदायको उपस्थिति रहेको सो कार्यक्रममा अध्यागमन कानुनविद् एज क्रयाम्प र गैरसरकारी संस्थाका टम्मी एल जोरगेनसेनले नेपालमा भूकम्पपछिको पर्यटन प्रवद्र्धनबारे आफ्ना विचार व्यक्त गर्दै नेपालीप्रति आफ्नो सामिप्यता रहेको बताउनुभयो ।
कार्यक्रममा सन् २००८ मा सगरमाथा आरोहण गर्ने सोरेन स्मिट प्रमुख आकर्षण हुनुहुन्थ्यो । उहाँले विश्वका सबैभन्दा अग्ला सात शिखर पनि आरोहण गरिसक्नुभएको छ ।
उहाँले आफ्नो साथी हेन्रिक क्रिस्टियान्सेनसँगै सगरमाथा चढ्दाका रोचक अनुभव सुनाउनुभयो ।
सो अवसरमा कार्यबाहक राजदूत रामकाजी खड्का र नेपाल पर्यटन बोर्डका प्रतिनिधि सोमनाथ सापकोटाले सोरेन, क्रयाम्प र जोरगेन्सेनलाई सम्मान गर्नुहुँदै नेपालको भूकम्पमा भएको विध्वंसका कारण क्षति भएको सन्दर्भमा पर्यटनलाई पुनरुत्थान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?