
कोपेन्हेगन । डेनमार्कमा बसोबास गर्दै आएका नेपाली दम्पत्ति मनोज दाहाल र मेन्दो लामाले नेपालको प्रतिनिधित्व गर्दै यस वर्षको कोपन्हेगन म्याराथनमा सहभागिता जनाए । ४२.१५९ किलोमिटर दुरीको उक्त दौड मनोजले ५ घण्टा नौ मिनेट २७ सेकेन्ड र मेन्दोले ५ घण्टा नौ मिनेट २९ सेकेन्डमा पुरा गरेका छन् ।
रन फर नेपाल नारासहित टेलेनोर कोपन्हेगन म्याराथनमा भाग लिन उनीहरूलाई कोपन्हेगनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले सहयोग तथा समन्वय गरेको थियो । यो डेनमार्कमा वार्षिक रुपमा आयोजना गरिने मध्यको महत्वपूर्ण म्याराथन हो ।
यस म्याराथनमा नेपालको सहभागिताले नेपाललाई विश्व समुदायबीच चिनाउन महत्वपूर्ण भूमिका खेलेको नेपाली दूतावासका कार्यबहाक राजदूत रामकाजी खड्काले बताए भने रन फर नेपाल स्लोगन सहित टेलेनोर कोपन्हेगन म्याराथनमा नेपालको सहभागिताले नेपालको पर्यटन प्रवर्धनमा सघाउने नेपाल पर्यटन बोर्डका मानार्थ जन प्रतिनिधि सोम सापकोटाले बताए ।
राष्ट्रको प्रतिनिधित्व गर्दै भाग लिन पाएको र आफ्नो सहभागिताले देशलाई विश्व समुदायबीच चिनाउन सहयोग पुगेकामा गौरव लागेको नेपाली दम्पत्ति मनोज दाहाल र मेन्दो लामाले बताएका थिए ।
टेलेनोर कोपन्हेगन म्याराथनमा भाग लिएका मनोज र मेन्दोलाई हौसला बढाउन संयोजक संस्थाका प्रतिनिधिहरू र ठाउं ठाउंमा नेपाली उपस्थित थिए ।
कोपन्हेगनको आइल्याण्ड ब्रुगेबाट शुरु भई शहरको विभिन्न भाग हुदै पुनः प्रारम्भ स्थलमै पुगेर टुंगिने गरी रुट तय गरिएको उक्त म्याराथनमा ९१ देशका ९ हजार ३ सय ८० जना धावकले भाग लिएका थिए । उक्त दौडमा पचास हजार भन्दा बढि दर्शकहरु धावकहरुलाई हौसला प्रदान गर्न कार्यक्रम स्थलमा उपस्थित थिए ।
यस वर्ष कोपन्हेगन म्याराथनमा इथियोपियाका अस्चालिउ बिरु हुन्देले ४२.१५९ किलोमिटरको दुरी सबैभन्दा कम २ घण्टा २० मिनेट ४७ सेकेन्डमा पुरा गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा