बुद्धको जन्मभूमि नेपालः बेलायती प्रधानमन्त्री

तस्विरः दि टेलिग्राफ

तस्विरः दि टेलिग्राफ

लन्डन । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले २५६० औं बुद्ध जयन्तीका अवसरमा एक शुभकामना सन्देश पठाएका छन् । मिति उल्लेख नगरि सम्प्रेषित सन्देशमा उनले बेलायत नेपाल सम्वन्धको २०० सय वर्ष मनाइरहंदा बुद्ध जयन्तीको शुभकामना पठाउन पाउंदा हर्षित भएको जनाएका छन् ।

विश्वभर रहेका बुद्धिष्टहरुका लागि यो विशेष अवसर भएपनि विशेषगरि बुद्धको जन्मभूमि नेपालका जनताका लागि यो अझ विशेष भएको उनको सन्देशमा उल्लेख छ । विभिन्न संस्कृति र आस्था भएको देशको प्रधानमन्त्रीका हैसियतले उनले सबैमा बुद्ध जयन्तीको शुभेच्छा दिएका छन् ।

लन्डनस्थित नेपाली दूतावासले बिहीबार दिउसो क्यामरुनको सन्देश उपलव्ध गराएको हो ।

PM_David Cameroon_Message

प्रतिक्रिया

सम्बन्धित सामाग्री