
काठमाडौँ, ५ जेठ । सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी दिने ‘शुभयात्रा’ मोबाइल एप आज सार्वजनिक गरिएको छ ।
गैरआवासीय नेपाली सङ्घ(एनआरएन), द एसिया फाउन्डेसन र योङ इनोभेसन्सले निर्माण गरेको सो एपको श्रम तथा रोजगारमन्त्री दीपक बोहरा र सङ्घका अध्यक्ष शेष घलेले आज सार्वजनिकीकरण गर्नुभयो ।
एन्ड्रोइड मोबाइलमा प्रयोग गर्न सकिने एपमा विदेशमा काम गर्ने कामदारलाई आवश्यक पर्ने जानकारीलाई सजिलै प्रयोग गर्न सकिने, श्रव्य, दृष्य, फेसबुक लिङ्क तथा लिखित सामग्री संलग्न छन् ।
वैदेशिक रोजगारीमा जान लागेका कामदारलाई विदेशको यात्रा, कामको अवधि सुरक्षित बनाउन सहयोग गर्ने सामग्रीसमेत एपमा छन् ।
एपमा कामदारको अधिकार, श्रम स्वीकृति, निवेदन प्रक्रिया, विदेशमा काम गर्दा गर्न हुने र नहुने कार्य तथा महिला कामदारप्रति लक्षित सामग्री समावेश छ ।
हाललाई नेपाली सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका मुलुक कतार, मलेसिया र साउदी अरबकाबारेमा विस्तृत जानकारीसमेत एपमा समावेश गरिएको छ ।
मन्त्री बोहराले एपले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सबै नेपालीको हातमा एन्ड्रोइड मोबाइलको पहँुच नपुगेको वर्तमान अवस्थामा यो एपको प्रयोगलाई अझ कसरी सरलीकृत गर्ने भन्नेमा ध्यान दिन सुझाव दिनुभयो ।
एनआरएनका अध्यक्ष घलेले नेपालबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दिनप्रतिदिन बढिरहेका सन्दर्भमा त्यसलाई सुरक्षित बनाउन एप सहयोगी हुने बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा