लन्डन । ४८ वटा अल्पविकसित मुलुकमा क्रियाशील नागरिक समाजहरुको सन्जालले धनी तथा विकसित मुलुकहरुलाई संसारका सबैभन्दा गरिव मुलकहरुमा बसोबास गर्ने करोडांै जनतालाई गरिबीको रेखाबाट माथि उकास्न सघाउने उनीहरुको वाचाबाट पछि नहट्न आव्हान गरेको छ ।
काठमाडौंमा मुख्यालय रहेको एलडिसी वाचले संयुक्त राष्ट्रसंघद्वारा पांचवर्ष अघि टर्कीको इस्तानबुलमा आयोजित शिखर सम्मेलनमा अल्पविकसित मुलुकहरुलाई सघाउन वाचा गरेका धनी मुलुकहरुलाई उनीहरुको वाचा नबिर्सन आग्रह गरेको हो ।
१४ देखि १६ ज्येष्ठ (मे २७ देखि २९ तारिख) मा टर्कीकै अन्तल्या शहरमा हुन गइरहेको मध्यावधि मुल्यांकन शिखर बैठक अघि प्रकाशित एक प्रेस वक्तव्यमा एलडिसी वाचले प्राकृतिक प्रकोप, आर्थिक संकट एवं इबोला जस्ता महामारीबाट अल्पविकसित मुलुकहरुका करोडौं जनता प्रभावित भइरहेको र उनीहरुलाई तत्काल भरपर्दो सहयोग पुराउने दायित्वबाट अन्तर्राष्ट्रिय समुदाय पन्छन नमिल्ने जनाएको छ । भ्रष्टाचार, राजस्व हिनामिना तथा कर छल्ने प्रवृत्तिले पनि विकासमा खर्च गर्न अत्यावश्यक श्रोतको अभाव हुन पुगेको सो संस्थाको ठहर छ ।
‘अन्तर्राष्ट्रिय समुदायलाई तिनका वाचा पुरा गर्न आव्हान गर्नुका साथै अल्पविकसित मुलुकहरुका गैर सरकारी संस्थाहरुले तिनका आफ्नै सरकारहरुलाई पनि भ्रष्टाचारसंग जुध्न एवं पारदर्शी शासन व्यवस्था सञ्चालन गर्नका लागि गैर सरकारी संस्थाहरुसंग हातेमालो गर्न आग्रह गरेका छन्’, एलडिसी वाचका अन्तर्राष्ट्रिय संयोजक गौरी प्रधानले भने ।
‘जलवायु परिवर्तन, सुख्खा, बाढी, समुद्रको बढ्दो जल सतह तथा मरुभूमिकरण जस्ता समस्याहरु व्यहोरिरहेका अल्पविकसित मुलुकहरुका जनतालाई केन्द्रविन्दुमा नराखेसम्म संयक्त राष्ट्रसंघले अघि सारेको दीगो विकास लक्ष्यहरु पनि पुरा हुन सक्दैनन्’, उनले थपे ।
एलडिसी वाचले अन्तल्यामा यही मे २७ देखि २९ तारिखमा हुन गइरहेको राष्ट्रसंघीय बैठक अघि सोही शहरमा मे २६ देखि २८ तारिखमा नागरिक समाज मञ्चको अन्तर्राष्ट्रिय बैठक हुन लागेको जनाएको छ । दर्जनौं गैरसरकारी संस्थाहरुका सयौं प्रतिनिधिले भाग लिने अपेक्षा गरिएको उक्त बैठकमा नेपाल, बंगलादेश, बेनिन, क्याम्बोडिया, किरिबाटी, सेनेगल तथा टोगो लगायत दक्षिणी तथा पूर्वी अफ्रिका एवं दक्षिण एसियाली नागरिक सन्जालका प्रतिनिधिहरुले पनि आआफ्नो मुलुक तथा क्षेत्रका समस्याहरुबारे प्रकाश पार्नेछन् ।
मध्यावधि बैठकमा सन् २०११ मा इस्तान्बुलमा पारित अन्तर्राष्ट्रिय कार्य योजनामा के कति प्रगति भयो भन्ने विषयको समीक्षा गरिनुका साथै अल्पविकसित मुलुकहरुलाई सघाउन अन्तर्राष्ट्रिय समुदायले तिनको प्रतिवद्धता फेरि दोहोराउने अपेक्षा गरिएको छ ।
एलडिसी वाचले अल्पविकसित मुलुकहरुलाई विकासशील मुलुकको स्तरमा पुराउन इस्तान्बुल कार्ययोजनाको कार्यान्वयनमा जोड दिंदै आएको छ ।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै