कोपनहेगन । नेपालको भूकम्पपश्चात नेपाल, नेपाली जनता र अर्थतन्त्रले भोगेको क्षतिको समीक्षा, घट्नामा दिबंगत र घाइतेहरुको स्मरण र पुनर्निर्माण कार्यक्रमबारे जानकारी दिन यहां एक कार्यक्रम आयोजना गरिएको छ ।
गत सोमबार आयोजित सो कार्यक्रम नेपाल पर्यटन बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि सोमनाथ सापकोटाको सक्रियतामा भएको हो ।
कार्यक्रममा मानवशास्त्री एवं नेपाल नाउ अभियानका अन्तर्राष्ट्रिय प्रतिनिधि होर्तुर स्मारासनले सबै पर्यटकीय पूर्वाधार र पर्यटकीय क्षेत्रहरु तथा ट्रेकिंग रुटहरू पूर्ववत संचालनमा रहेकाले विश्वकै उत्कृष्ट गन्तव्यमा सूचिकृत नेपाल भ्रमण गर्न प्रेरित गरे । ज्वालामुखीले ध्वस्त हुंदा समेत आइसल्याण्ड त्यसको केही वर्षमा आर्थिक सम्वृद्धिको बाटोमा लागेको उदाहरण प्रस्तुत गर्दै नकारात्मकभन्दा सकारात्मक कुराहरुलाई बढावा दिने समाचार, जानकारी दिन मिडियालाई सचेत गराए ।
पर्यटन बोर्डका जनसम्पर्क प्रतिनिधि सापकोटाले कार्यक्रमको औचित्य प्रष्ट पार्दै सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रम सञ्चालनको जिम्मेवारी समेत सम्हालेका नेपाली दूतावासका काउन्सिलर रामकाजी खड्काले नेपाल भ्रमण गर्नुपर्ने कारणहरुको बेलिबिस्तार लगाए । उनले नेपालको प्राकृतिक, संस्कृतिक, जलवायु, जीव वनस्पति आदि विविधताबारे चर्चा गर्दै नेपाल पर्यटकका लागि सही गन्तव्य भएको आधारहरु प्रस्तुत गरे।
बेलायती पत्रकारद्वय रिची जोन्स्तोन र नियल मैकलौलिनले आफ्नो दुई महिने नेपाल भ्रमणका बखत तयार गरेको नेपाली सम्पदा, प्रकृति, संस्कृति र जनजीवन झल्किने पहाडको संगीत शीर्षकको डकुमेन्ट्री प्रस्तुत गर्दै नेपाल भ्रमणबाट आफूहरु खुशी भएर फर्किएको अनुभव सुनाए ।
नेपाली राजदूत मुक्तिनाथ भट्टले नेपालको मापनमा गत सालको भूकम्प महाभूकम्प नभएपनि कमजोर संरचना र त्यस्तै भौगोलिक बनावटले गर्दा अलिक बढी क्षति हुन पुगेको तर अब नेपाल आवतजावत तथा घुमफिरमा कुनै अबरोध नभएको बताए । आमन्त्रित अतिथिहरुलाई उनले धन्यवाद पनि दिए ।
बिभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधिहरु, डेनिस सरकारी अधिकारीहरू, कुटनीतिक व्यक्तित्वहरु, पत्रकार एवं नेपालका शुभचिन्तकहरुको उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरुलाई नेपाली लोक संगीत र नृत्यले मनोरन्जन गराइएको थियो भने नेपाली खाना खुवाइएको थियो । कार्यक्रमपछि सहभागीहरुले नेपालप्रति निकै चासो र नेपाल भ्रमणको उत्सुकता दर्शाएका थिए ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च