लन्डन । लन्डनस्थित नेपाली दूतावासले नेपालमा विनाशकारी भूकम्प गएको वर्ष दिन पुगेको अवसरमा सोमबार एक श्रद्धाञ्जलि कार्यक्रम गरेको छ । बेलायती कुटनीतिज्ञ तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहभागी कार्यक्रममा भूकम्पबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मौनधारण गरियो । साथै दूतावासले पुनर्निर्माणमा भएका हालसम्मको प्रगति र भूकम्पको क्षतिबारे अवगत गरायो ।
धन्यवाद मन्तव्यका क्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले भूकम्पपछि बेलायतको सहयोगप्रति आभार व्यक्त गर्दै नेपाललाई पुननिर्माण कार्य चुनौतीपूर्ण भएको बताए । दक्षिणको नाकाबन्दी, आवश्यक कानुनको जरुरत, दलहरुबीच असझदारी आदि कारणले पुनर्निर्माण प्राधिकरण बन्न ढिलाईले काम अवरुद्ध भएको समेत उनले बताए । क्षेत्रीले प्रधानमन्त्री केपी ओलीले पुनर्निर्माण छिटो र प्रभावकारी रुपमा अगाडि बढाउने दृढता व्यक्त गरेको अवगत गराएका थिए । उनले भूकम्पपछि सक्रिय रुपमा लागेका बेलायती तथा नेपाली स्वयंसेवक, दाता, उद्दारकर्ता आदिप्रति आभार समेत व्यक्त गरे ।
विदेश मन्त्रालयका दक्षिण एसिया निर्देशक ओवेन जेन्किन्स् ले दिवंगतहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भूकम्पपछि बेलायती जनताले स्वतस्फूर्त डिइसीमार्फत झण्डै ८५ मिलियन पाउण्ड संकलन गरेको र बेलायत सरकारले करिब ७० मिलियन पाउण्ड सहयोग प्रतिवद्धता व्यक्त गरेकाले यसबाट बेलायत नेपाल सुमधुर सम्वन्ध अझ प्रष्टिएको बताए । उनले पुनर्निर्माणमा समेत बेलायतको सहयोग निरन्तर रहने अठोट व्यक्त गरेका थिए ।
केन्जिङटन एण्ड चेल्सी मेयर काउन्सिलर रोबर्ट फ्रिम्यानले एक मिनेट मौन धारण गर्न आग्रह गर्दै भूकम्पको क्षतिबारे स्मरण गरे ।
दूतावासका अट्याची तेजेन्द्र रेग्मीले सञ्चालन गरेको उक्त कार्यक्रममा भूकम्प लगत्तै करिब दुई दर्जन चिकित्सक तथा नर्सको नेतृत्व गर्दै उद्दारमा जुटेका डा. कपिल रिजाल र बेलायती च्यारिटी सारेड (सर्च एण्ड रेस्क्यू असिस्टेन्स इन डिजास्टर्स) का राष्ट्रिय निर्देशक क्रिस हर्लेले उद्दारमा जुट्दाको अनुभव मन्तव्य र भिडियोमार्फत बांडेका थिए ।
उक्त अवसरमा लन्डन दूतावासकी उर्मिला खड्काले नेपालको भूकम्प क्षति र पुनर्निर्माणमा भएका पहलबारे स्लाइड शो प्रिजेन्टेसन दिएकी थिइन् ।
गत वर्ष विसं २०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर ७.६ रिक्टर स्केलको भूकम्प जांदा लगभग नौ हजार मानिसको मृत्यु भएको थियो भने २३ हजार भन्दा बढी घाइते हुनुका साथै झन्डै पांच लाख घर ध्वस्त भएका थिए । हालसम्म चार रिक्टर स्केल र त्यसभन्दामाथिका ४४९ परकम्प गइसकेका छन् ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]