
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहान सुन्धारास्थित धरहरा परिसरमा आयोजित कार्यक्रममा गत वर्ष वैशाख १२ गतेको विनासकारी भूकम्पमा परी दिवङ्गत भएका नेपालीहरूप्रति पुष्पगुच्छा अर्पण गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १२ वैशाख । गत वर्ष वैशाख १२ गतेको विनासकारी भूकम्पमा परी दिवङ्गत भएका नेपालीहरुप्रति आज राष्ट्रले श्रद्धाञ्जलि अर्पण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प गएको एक वर्ष पूरा भएको सम्झनामा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आज बिहान सुन्धारास्थित धरहरा पुगी दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेर धरहराको फेदमा दिवङ्गतलाई सम्झेर पुष्पगुच्छा अर्पण गर्नुभयोे ।
सो अवसरमा उपप्रधानमन्त्री, गृहमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र विभिन्न सङघसंस्थाका पदाधिकारी र पर्यटन व्यवसायीले पनि भूकम्पमा परी मृत्यवरण गर्नु भएका नेपालीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भयो । यसअघि पर्यटन व्यवसायी रयालीसहित श्रद्धाञ्जलिस्थल पुगेका थिए ।
आजकै दिन गत वर्ष ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्प र पराकम्प गरी करिब नौ हजार नेपालीको ज्यान गएको थियो । त्यसैलाई सम्झेर सरकारले सम्पूण दिगङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जति सभाको आयोजना गरेको हो ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?