म्याग्दी, ६ वैशाख । बेल्जियममा रहेका म्याग्देलीको संस्था ‘म्याग्दी प्रवासी नेपाली सङ्घ’ (मोना) ले म्याग्दीका चार भूकम्प प्रभावित विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
म्याग्दी उद्योग वाणिज्य सङ्घको संयोजनमा मोना बेल्जियमले म्याग्दीका चार विद्यालयलाई रु ७५ हजारका दरले आर्थिक सहयोग गरेको हो ।
बेनीमा आज आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशव आचार्य, जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारी र म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्माले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
मुक्तिमार्ग उमावि घारा, भानु उमावि रत्नेचौर, महेन्द्र उमावि बरंजा र हिमालय प्रावि पिप्लेलाई रु ७५ हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । आर्थिक सहयोग हस्तान्तरण गर्दै प्रजिअ आचार्यले म्याग्दीको विकासमा प्रवासी म्याग्देलीबाट महत्वपूर्ण सहयोग प्राप्त भएको बताउनुभयो ।
मोना बेल्जियमले यस अगाडि अन्य चारवटा विद्यालयलाई पनि ओमकुमारी शान्तिकोषमार्फत रु ७५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा