म्याग्दी, ६ वैशाख । बेल्जियममा रहेका म्याग्देलीको संस्था ‘म्याग्दी प्रवासी नेपाली सङ्घ’ (मोना) ले म्याग्दीका चार भूकम्प प्रभावित विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
म्याग्दी उद्योग वाणिज्य सङ्घको संयोजनमा मोना बेल्जियमले म्याग्दीका चार विद्यालयलाई रु ७५ हजारका दरले आर्थिक सहयोग गरेको हो ।
बेनीमा आज आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशव आचार्य, जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारी र म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्माले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
मुक्तिमार्ग उमावि घारा, भानु उमावि रत्नेचौर, महेन्द्र उमावि बरंजा र हिमालय प्रावि पिप्लेलाई रु ७५ हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । आर्थिक सहयोग हस्तान्तरण गर्दै प्रजिअ आचार्यले म्याग्दीको विकासमा प्रवासी म्याग्देलीबाट महत्वपूर्ण सहयोग प्राप्त भएको बताउनुभयो ।
मोना बेल्जियमले यस अगाडि अन्य चारवटा विद्यालयलाई पनि ओमकुमारी शान्तिकोषमार्फत रु ७५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई