
लन्डन । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघमा नयां कार्यसमिति चयन भएको छ ।
अमेरिकाको फ्लोरिडा निवासी अजय सत्यालको अध्यक्षतामा १८ सदस्यीय नयां कार्यसमिति गठन गरिएको हो । सत्याल बिगत ३२ बर्ष देखि फ्लोरिडा राज्यमा बस्दै आएका छन् भने उनले अहिले सम्म १ सय ३४ पटक रक्तदान गरि सकेका छन् ।
विश्व भर छरिएर रहेका नेपाली समुदायलाई उत्प्रेरित गरी नियमित रक्तदान गर्न सहयोग गर्ने उद्देश्यले सन् २०१४ मा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ स्थापना गरिएको थियो । अमेरिका निवासी अर्जुन प्रसाद मैनाली यसका संस्थापक हुन् ।
नयां कार्यसमितिको उपाध्यक्षहरुमा क्रमशः डा. गोबिन्दसिंह रावत क्यानडा, मिलन शर्मा यूके तथा बिनोद मैनाली अस्ट्रेलिया छन् । त्यसै गरी महासचिवमा निरन्जन पौडेल नेपाल, सूचना तथा सञ्चार सचिव एभरेष्ट गौतम यूके, कोषाध्यक्षमा बिनोद भट्टराई कतार तथा सूचना संयोजकमा गणेश पाण्डे पोर्तुगल रहेका छन् ।
कार्यकारी समितिको सदस्यहरुमा प्रशान्त उप्रेती फ्रान्स, केदार तिमल्सिना अमेरिका, प्रकाश सापकोटा आयरल्याण्ड, बिनिता रिमाल बेल्जियम, नरेश मल्ल बहराइन, उत्तम अधिकारी दुबई, भोला लामिछाने बार्सिलोना स्पेन, राहुल रेग्मी भारत, कर्ण बहादुर अधिकारी मकाउ तथा डा.अमर देउजा दक्षिण अमेरिका छन् ।
नव निर्वाचित अध्यक्ष सत्यालले रक्तदानका लागि प्रतिबद्धता जाहेर गर्दै विश्वभर फैलिएर रहेका गैर आवासीय नेपाली संघ, बिभिन्न संघसंस्थाहरुलाई रक्तदान कार्यक्रममा सहभागी हुन र समर्थन गर्न आब्हान गरेका छन् । उनले संस्थाका निवर्तमान अध्यक्ष अर्जुन प्रसाद मैनालीको प्रसंसा गर्दै रक्तदानका लागि विश्वमा छरिएर रहेका नेपाली समुदायमा उनले पुर्याएको योगदानको कदर गर्दै संस्थामा सम्मान जनक स्थान रहने बताए । मैनालीद्वारा अहिले सम्म १५२ पटक रक्तदान भइसकेको छ ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई