
लन्डन । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघमा नयां कार्यसमिति चयन भएको छ ।
अमेरिकाको फ्लोरिडा निवासी अजय सत्यालको अध्यक्षतामा १८ सदस्यीय नयां कार्यसमिति गठन गरिएको हो । सत्याल बिगत ३२ बर्ष देखि फ्लोरिडा राज्यमा बस्दै आएका छन् भने उनले अहिले सम्म १ सय ३४ पटक रक्तदान गरि सकेका छन् ।
विश्व भर छरिएर रहेका नेपाली समुदायलाई उत्प्रेरित गरी नियमित रक्तदान गर्न सहयोग गर्ने उद्देश्यले सन् २०१४ मा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ स्थापना गरिएको थियो । अमेरिका निवासी अर्जुन प्रसाद मैनाली यसका संस्थापक हुन् ।
नयां कार्यसमितिको उपाध्यक्षहरुमा क्रमशः डा. गोबिन्दसिंह रावत क्यानडा, मिलन शर्मा यूके तथा बिनोद मैनाली अस्ट्रेलिया छन् । त्यसै गरी महासचिवमा निरन्जन पौडेल नेपाल, सूचना तथा सञ्चार सचिव एभरेष्ट गौतम यूके, कोषाध्यक्षमा बिनोद भट्टराई कतार तथा सूचना संयोजकमा गणेश पाण्डे पोर्तुगल रहेका छन् ।
कार्यकारी समितिको सदस्यहरुमा प्रशान्त उप्रेती फ्रान्स, केदार तिमल्सिना अमेरिका, प्रकाश सापकोटा आयरल्याण्ड, बिनिता रिमाल बेल्जियम, नरेश मल्ल बहराइन, उत्तम अधिकारी दुबई, भोला लामिछाने बार्सिलोना स्पेन, राहुल रेग्मी भारत, कर्ण बहादुर अधिकारी मकाउ तथा डा.अमर देउजा दक्षिण अमेरिका छन् ।
नव निर्वाचित अध्यक्ष सत्यालले रक्तदानका लागि प्रतिबद्धता जाहेर गर्दै विश्वभर फैलिएर रहेका गैर आवासीय नेपाली संघ, बिभिन्न संघसंस्थाहरुलाई रक्तदान कार्यक्रममा सहभागी हुन र समर्थन गर्न आब्हान गरेका छन् । उनले संस्थाका निवर्तमान अध्यक्ष अर्जुन प्रसाद मैनालीको प्रसंसा गर्दै रक्तदानका लागि विश्वमा छरिएर रहेका नेपाली समुदायमा उनले पुर्याएको योगदानको कदर गर्दै संस्थामा सम्मान जनक स्थान रहने बताए । मैनालीद्वारा अहिले सम्म १५२ पटक रक्तदान भइसकेको छ ।
यतिखेर नेपाललाई डायस्पोराको झन् बढी खाँचो : कार्यवाहक राजदूत दुवाडी
गायक राजु लामाको मंगोलियन हर्टले आगामी १३ डिसेम्बरमा बेलायतमा प्रस्तुति दिने
नेपालको राजधानीमा एमालेको प्रदर्शन
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित