
लन्डन । गुल्मी जिल्ला समाज, यूकेले आगामी १ मेमा हुने निर्वाचनका लागि कार्यक्रम सार्वजनिक गरेको छ ।
समाजको १० औं साधारणसभा तथा पांचौ कार्यसमिति निर्वाचन आगामी मे १ तारिख २०१६ मा अल्टरसटस्थित भेटघाट रेस्टुरेन्टमा हुंदैछ । दिउसो ११ बजेदेखि हुने साधारणसभामा उपस्थित भइदिन समाजले आजीवन सदस्यहरु एवं सम्पूर्ण बेलायतवासी गुल्मेलीलाई निमन्त्रणा गरेको छ ।
समाजका अध्यक्ष अर्जुन गौतम र प्रमुख निर्वाचन अधिकृत मीन दर्लामीद्वारा जारी निर्वाचन कार्यक्रम अनुसार, अप्रिल २० तारिख अपरान्ह ५ बजेभित्र प्रतिपरिवार ५ पाउण्ड तिरेर साधारण सदस्यता लिन सकिनेछ ।
आजीवन सदस्यहरु एवं साधारण सदस्यहरुको नामावली २२ अप्रिलमा प्रकाशित गरिनेछ भने कार्यसमितिका लागि उम्मेद्वारी दर्ता २३ अप्रिलदेखि २४ अप्रिल ५ बजेसम्म हुनेछ ।
उम्मेद्वारको दावी विरोध एवं उम्मेद्वारी फिर्ता २५ अप्रिल ५ बजेसम्म गर्न सकिनेछ । साथै, उम्मेद्वारहरुको अन्तिम नामावली २७ अप्रिलमा प्रकाशित गरिने जनाइएको छ ।
उक्त अधिवेशनले समाजको एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष र ११ कार्यकारिणी सदस्य चयन गर्नेछ ।
अध्यक्षका लागि समाजको एक कार्यकाल कार्यसमिति सदस्य भएको हुनुपर्ने भए पनि अन्य पदमा भने आजीवन सदस्य र साधारण सदस्यले उम्मेदवारी दिन सक्ने विधानमा छ ।
मतदाता नामावली र उम्मेद्वारी फाराम गुल्मी जिल्ला समाजको इमेलमा पठाइने र संस्थाको वेबसाइटमा पनि राखिने उल्लेख छ ।
उम्मेद्वार बन्न चाहनेले उम्मेद्वारी फाराम भरी निर्वाचन समितिको सम्पर्क कार्यालय वा प्रमुख निर्वाचन अधिकृत मीन दर्लामीको इमेलमा पठाउन सक्ने समाजले जनाएको छ ।
निर्वाचनका लागि समाजले उम्मेद्वारी शुल्क पनि टुंगो लगाएको छ । अध्यक्षका लागि १५० पाउण्ड, उपाध्यक्षका लागि १०० पाउण्ड, महासचिवका लागि ५० पाउण्ड तथा अन्य पदाधिकारीका लागि ३० पाउण्ड शुल्क तोकिएको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै