
लन्डन । गुल्मी जिल्ला समाज, यूकेले आगामी १ मेमा हुने निर्वाचनका लागि कार्यक्रम सार्वजनिक गरेको छ ।
समाजको १० औं साधारणसभा तथा पांचौ कार्यसमिति निर्वाचन आगामी मे १ तारिख २०१६ मा अल्टरसटस्थित भेटघाट रेस्टुरेन्टमा हुंदैछ । दिउसो ११ बजेदेखि हुने साधारणसभामा उपस्थित भइदिन समाजले आजीवन सदस्यहरु एवं सम्पूर्ण बेलायतवासी गुल्मेलीलाई निमन्त्रणा गरेको छ ।
समाजका अध्यक्ष अर्जुन गौतम र प्रमुख निर्वाचन अधिकृत मीन दर्लामीद्वारा जारी निर्वाचन कार्यक्रम अनुसार, अप्रिल २० तारिख अपरान्ह ५ बजेभित्र प्रतिपरिवार ५ पाउण्ड तिरेर साधारण सदस्यता लिन सकिनेछ ।
आजीवन सदस्यहरु एवं साधारण सदस्यहरुको नामावली २२ अप्रिलमा प्रकाशित गरिनेछ भने कार्यसमितिका लागि उम्मेद्वारी दर्ता २३ अप्रिलदेखि २४ अप्रिल ५ बजेसम्म हुनेछ ।
उम्मेद्वारको दावी विरोध एवं उम्मेद्वारी फिर्ता २५ अप्रिल ५ बजेसम्म गर्न सकिनेछ । साथै, उम्मेद्वारहरुको अन्तिम नामावली २७ अप्रिलमा प्रकाशित गरिने जनाइएको छ ।
उक्त अधिवेशनले समाजको एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष र ११ कार्यकारिणी सदस्य चयन गर्नेछ ।
अध्यक्षका लागि समाजको एक कार्यकाल कार्यसमिति सदस्य भएको हुनुपर्ने भए पनि अन्य पदमा भने आजीवन सदस्य र साधारण सदस्यले उम्मेदवारी दिन सक्ने विधानमा छ ।
मतदाता नामावली र उम्मेद्वारी फाराम गुल्मी जिल्ला समाजको इमेलमा पठाइने र संस्थाको वेबसाइटमा पनि राखिने उल्लेख छ ।
उम्मेद्वार बन्न चाहनेले उम्मेद्वारी फाराम भरी निर्वाचन समितिको सम्पर्क कार्यालय वा प्रमुख निर्वाचन अधिकृत मीन दर्लामीको इमेलमा पठाउन सक्ने समाजले जनाएको छ ।
निर्वाचनका लागि समाजले उम्मेद्वारी शुल्क पनि टुंगो लगाएको छ । अध्यक्षका लागि १५० पाउण्ड, उपाध्यक्षका लागि १०० पाउण्ड, महासचिवका लागि ५० पाउण्ड तथा अन्य पदाधिकारीका लागि ३० पाउण्ड शुल्क तोकिएको छ ।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल