ईन्टेक ९९को वार्षिकाेत्सव सम्पन्न

intake 99
लण्डन । बिग्रेड अफ गोर्खाज ईन्टेक ९९ ले केन्टस्थित डोभरमा १७ औ वार्षिकाेत्सव र नेपाली नयाँ वर्ष २०७३ मनाएकाे छ ।
शनिवार सम्पन्न साे कार्यक्रमको सुरुवातमै बसन्त राईले ईन्टेक भेला भएर धेरै अगाडि रमाईलो गर्ने धेरै अघिदेखिकाे चाहाना पूरा भएकाे भन्दै नयाँ वर्ष २०७३ सालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका निर्देशकसमेत रहेका राई (८३) लाई नम्बरीहरुले आ–आफ्नो जिम्मेवारी लिएर पूरा गरी सघाएका थिए । विदेशमा रहँदा वर्षौ दिनको लामो यात्रा अनि थकानपछि एक आपसमा भेटघाट भई रमझम गर्ने मुख्य उद्धेश्य र पल्टनघरको पुरानो काईदाहरुलाई यथावत राख्नका लागि पनि यो उत्सव गरिएको वारेन्ट अफिसर टु शिव राईले बताए ।
अफ्गानिस्तानको युद्ध भूमिमा सन् २००८ मा वीरगति पाएका खोटाङ निवासी नम्बरी युवराज राईलाई स्मरण गर्दै ईन्टेक परिवारले एक मिनेट मौनधारण गरिएको थियाेे । कार्यक्रममा वारेन्ट अफिसर टु लाखबहादर गुरुङले छोटो मन्तव्य राखेका थिए ।  ईन्टेक ९९ को नाम २१ जनवरी ९९ मा निशानी माईको कसम खाएदेखि नै माथि रहेको र त्यो नामलाई एउटा हातमा अर्को हात, त्यस्तै एउटा काँधमा अर्को काँध हालेर माथि राखिराख्नका लागि सम्पूर्ण ईन्टेक परिवारको महत्वपूर्ण भूमिका रहेको कुरा उनले व्यक्त गरेका थिए ।
१७ औ बसन्तको केक काटेपछि विभिन्न खेल समावेस गरिएको कार्यक्रममा जीवनसाथीसँगको र्याम्पले रौनक थपेको थियो ।
ईन्टेकभित्र पहिलोपटक आयोजित राष्ट्रिय स्तरको हाजिरी जवाफको उपाधि लालीगुराँश टिम (महिला)ले हात पारेका छन्। वारेन्ट अफिसर टु सुरेन्द्र लिङदेनको संयोजन तथा व्यवस्थापनमा भएको साे प्रतियोगितामा नयाँ क्षितिज (पुरुष) र लालीगुराँशले प्रतिष्पर्धा गरेका थिए । लालीगुराँशले १४ अंक बनाउदै प्रतिस्पर्धीलाई पछाडि पारेर उपाधि हात पारेकाे हाे। विजेता तथा उपविजेता दुवै टिमलाई लिङदेनले पुरस्कार वितरण गरेका थिए ।
ईन्टेकका सचिन थापा र देउमान लावतीले कार्यक्रमको बीच- बीचमा ‘झम्के गुलेली’को गीतहरु पस्किँदा उपस्थितहरुले भरपूर मनोरन्जन लिएका थिए ।
कार्यक्रमको दोश्रो चरणमा नाचगानमा सहभागीहरू वर्षभरिको थकान भुली आ–आफ्नै खुशीमा मनोरन्जन लिइरहेका थिए । राफल ड्रको प्रथम पुरस्कार हर्क गुरुङले चुम्न सफल भएको कार्यक्रममा ईन्टेकका कोषाध्यक्ष युवराज लिम्बुले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
intake 99A

प्रतिक्रिया

सम्बन्धित सामाग्री