लन्डन । भूकम्प पीडितका नाममा संकलित रकम अपुरो गरि एक्लैले सुटुक्क दूतावासमा बुझाएको भन्ने दावीको रोशना गुरुङले खण्डन गरेकी छिन् । उनले एक विज्ञप्तिमार्फत समाचारको खण्डन गर्दै आफूमाथि लगाइएको आरोप निराधार र कपोकल्पित भएको जिकिर गरेकी छिन् ।
गुरुङले शशी थापा सुब्बा, बबिता लामा र लक्ष्मी राईले संकलित रकम आफूहरुलाई नै दिन मानसिक तनाव दिएको आक्षेप लगाउंदै उनीहरुको च्यारिटीबाट रकम पठाउंदा सदुपयोग हुने कुनै आधार नदेखेपछि आफैंले दूतावासमा पैसा बुझाएको प्रष्ट्याएकी छिन् ।
उनको खण्डन जस्ताको तस्तैः
उपरोक्त सम्बन्धमा म रोसना गुरुङको नाम जोडेर भूकम्प पीडितको नाममा संकलित रकमका बारेमा बिभिन्न अनलाइन पोर्टलहरुमा प्रकाशित समाचार प्रति मेरो ध्यानाकर्षण भएको छ ।
नेपालमा गत बर्ष गएको भूकम्पले सबै नेपालीहरुलाई दुःखी बनायो । भूकम्प पीडितका लागि सबै पक्षबाट सहयोग संकलन हुन थाल्यो । म पनि देशमा भएको दुःख हेरेर बस्न सकिन् त्यसैले म आफै काम गर्ने कम्पनीको सहयोगमा नेपालका भूकम्प पीडितका नाममा सहयोग संकलन गर्न थालें ।
मिति १५ अक्टोवर २०१५ का दिन हन्स्लो हिथ ग्यारेजमा भएको फण्ड राइजिङका लागि नेपाली खाना बिक्रीबाट ९ सय १४ पाउण्ड जम्मा भएको हो ।
मिति ९ नोभेम्बर २०१५ का दिन हन्स्लो ग्यारेजमा खानाबाट जम्मा भएको १ सय तिस पाउण्ड हो । यस्तै मैले काम गर्ने कम्पनी भित्र गरिएको राफल चिट्ठाबाट संकलित रकम १ हजार तिस पाउण्ड जम्मा भएको हो । सो रकम ३० मार्च २०१६ मा कम्पनीले रिलिज गरेको हो । माथि उल्लेखित मितिमा संकलित रकम जम्मा २ हजार ७४ पाउण्ड ४ पेन्स् हो । सो रकम नेपाली दूतावास मार्फत भूकम्प पीडितका लागि ३१ मार्चमा हस्तान्तरण गरिएको हो ।
यसैबीच भूकम्प पीडितका लागि सँकलित सो रकम मिसन टु हेल्प र जुनकुरी इनिसियटीभ मार्फत दिनु पर्ने भन्दै लक्ष्मी राई र वविता लामाले माग गरेका थिए । उनीहरु दुवैले धनाड्य बसन्त चौधरीको सकृयतामा संचालित होम फर ह्यूम्यानिटीमार्फत भूकम्प पीडितलाई घर बनाइदिने भन्दै सो रकमका लागि मलाई डर धम्की समेत दिने काम गरे ।
शशी थापा शुब्बा, बबिता लामा र लक्ष्मी राईले सो रकम दिन मलाईलाई मानिसक पीडा समेत दिए । उनीहरुले भनेका च्यारीटी संस्थाबाट सहयोग पठाउदा संकलित रकम सदुपयोग हुने कुनै आधार नदेखिएपछि मैले नेपाली दूतावास लन्डनमार्फत नेपालका भूकम्प पीडितहरुका लागि सो रकम पठाएको हो ।
शुरुका दिनमा मैले होम्स् फर ह्यूम्यानिटीमार्फत नेपालका भूकम्प पीडितको लागि घर बनाउने भनेर सहमति गरेपनि पछिल्लो सयममा वविता लामा लगायतको गतिविधीले सो रकम सदूपयोग हुनेमा कुनै आधार थिएन । मैले जम्मा गरेको रकम उनीहरु मार्फत पठाउंदा सदुपयोग हुने कुनै आधार नभएपछि सबैको राय बमोजिम नेपाली दूतावासमा रकम हस्तान्तरण गरिएको हो ।
बेलायतस्थित नेपाली समूदायद्धारा संकलित ६ करोड भन्दा बढी रकम नेपाली दूतावासबाटै भूकम्प पीडितका लागि गइसकेको छ । अरु नेपालीहरुले जस्तै सरकारी निकायमार्फत भूकम्प पीडितलाई रकम पठाउनु नै उचित हो भनेर नै दूतावासमा बुझाएको हो ।
मेरो कार्यरत संस्था लन्डन यूनाइटेडको समेत सहमतिमा सो रकम नेपाली दूतावासलाई बुझाएको हो ।
नेपाली दूतावास मार्फत रकम पठाएको समाचार प्रकाशन भएपछि शशी थापा शुब्वाले मेरो चरित्र हत्या गर्ने उदेश्यले आधारहिन समाचार लेखेर पठाइन् । उनको समाचारमा उल्लेख गरेका प्रसंगहरु आधारहिन र कपोकल्पित हुन् भनी खण्डन गर्न चाहन्छु । उनीहरुको मागे अनुसार भूकम्प पीडितको नाममा संकलित रकम नदिए पछि पत्रपत्रिकामा मेरो ब्यक्तिगत मानहानी र बेइज्जत गर्दै हिड्ने काम गरेको प्रष्टै छ, त्यसैले आगामी दिनमा यस सम्बन्धमा थप सामाचार प्रकाशन गरि मेरो ब्यक्गित जीवनमा आँच आउने गतिविधी भएमा कानुनी उपचारका लागि अगाडी बढ्ने चेतावनी समेत दिन चाहन्छु ।
अन्तमा, कुनै ब्यक्तिसँग सम्बन्धीत समाचार प्रकाशन गर्दा उनको ब्यक्तिगत प्रतिष्ठालाई समेत ख्याल गरिदिनुहुन सम्पूर्ण पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गर्दछु ।
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग
फैलिँदै इरान–इजरायल युद्ध
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर मतदान जारी
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध