अाइएफजेले नेपाली पत्रकारकाे क्षमता अभिवृद्धीमा सघाउने

FNJ Europe
पोर्चुगल । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि र उनीहरुको पेशागत हक अधिकारको रक्षाका लागि सधैं सहयोग गर्ने जनाएको छ ।
आइएफजेका महासचिव एन्थोनी बेलाङ्गर, संचार तथा लेखक अधिकार अधिकृत पामेला मोरिनिएरी र नेपाल पत्रकार महासंघ युरोप शाखाको तीन सदस्सीय टोलीबीचको छलफलमा अाइएफजेले साे कुरा जनाएकाे हो ।
महासंघकोतर्फबाट युरोपमा नेपाली पत्रकारहरुको अवस्था, अवसर र चुनौतीबारे जिज्ञासा राखिएको थियो । यूरोप शाखाका अध्यक्ष केजिन राईले नेपालमा अझै अधिकांश पत्रकारहरु पेशागतरुपमा काम गर्न सक्ने अवस्था नरहेको जानकारी दिए । पछिल्लो समय यूरोपमा कार्यरत नेपाली पत्रकारहरू माथि समाचार र सूचना सम्प्रेषण गरेकै आधारमा भौतिक आक्रमण गर्ने जस्ता निरन्तर धम्की आईरहेको र निर्धक्क सूचना सम्प्रेषण गर्ने वातावरण सृजना भइनसकेको बारे पनि अध्यंक्ष केजिन राईले अवगत गराएका थिए । सो विषयमा महासचिव बेलांगरले भने, “यस्तो कठिन र विषम परिस्थिति रहिरहे आईएफजेले जस्तोसुकै कदम चाल्न तयार छ । हामीलाई लिखित र मौखिक विवरण दिनुहोला। सूचना सम्प्रेषित गरिने बाटाहरूको अवरोध हटाऊन  हामी अलिकति पनि बिचलित हुने छैनौ ।”
फ्रान्सको एन्गर्समा जुन ६-१० सम्म हुने आईएफजे विश्व सम्मेलनमा नेपालबाट १२ युरोपबाट १ नेपाली पत्रकार साथै विश्वभरबाट ६ सयभन्दा बढी पत्रकारहरूले सहभागिता जनाउने उल्लेख गर्दे बेलान्गरले नेपाल पत्रकार महासंघ, प्रेस युनियन, शुल्क- सदस्यता, नेपाली पत्रकार र पत्रकारिताका समस्या बारे जिज्ञासा राखेका थिए ।
 सो अवसरमा यूरोप उपाध्यक्ष  योगेन्द्रमिलन छन्त्यालले महासंघ र शाखाबीच समन्वय र सहकार्यको सम्भावनाबारे प्रस्तावहरु राखे । टोलीका  सदस्य वीरमान घर्ती मगरले युरोप शाखाको बनौटबारे महासंघलाई अवगत गराएका थिए । युरोपमा रहेका नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि, सम्बन्धित देशका सञ्चारमाध्यमसँग सम्बन्ध बिस्तार र पेशागत हकहितका लागि युरोप शाखा र अन्तर्राष्ट्रिय पत्रकार महासंघको सम्बन्ध र भूमिकाबारे बेलाङ्गर र मोरिनिएरीले प्रष्ट्याएका थिए ।
मार्च २२ तारिख मङ्गलबारका दिन तय भएको भेटघाट तथा छलफल बेल्जियमको ब्रसेल्स जाभेन्टम एयरपोर्ट र मालबेक मेट्रो स्टेशनको बम आक्रमणका कारण स्थगित भएको थियो । त्यसपछि  बिहिबार कडा सुरक्षा जाँच संगै आइएफजे मुख्यालय रेसिडेन्स प्यालेस ब्रसेल्समा भेटघाट र छलफल सम्पन्न भएको छ ।  सो भेटसंगै महासचिब बेलान्गरले नेपाली पत्रकार टोलीलाई अन्तर्राष्ट्रिय प्रेसकार्ड  प्रदान गर्दे निर्धक्क सूचना सम्प्रेषण गर्न पछि पर्न नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री