
काठमाडौँ, १५ चैत । राष्ट्रिय प्रकृति संरक्षण कोषले ऐतिहासिक सम्पदा संरक्षण, जलवायु परिवर्तनको असर न्यूनीकरण, वैकल्पिक ऊर्जा विकास, लैङ्गिक समानता र सशक्तीकरण जस्ता कार्यक्रमलाई विशेष रूपमा जोड दिने भएको छ ।
चालु आवको कार्यक्रम, लक्ष्य र हालसम्मको प्रगतिबारे व्यवस्थापिका–संसद्, वातावण संरक्षण समितिलाई जानकारी गराउने क्रममा वन र वन्यजन्तु संरक्षणसँगै प्रकृति संरक्षणसम्बन्धी शिक्षालाई थप विस्तार र समुदायको दिगो विकासलाई पनि कोषले प्राथमिकता दिएको जनाएको छ ।
समितिको आजको बैठकमा कोषका सदस्य–सचिव गोविन्द गजुरेलले यस वर्ष भएका महत्वपूर्ण उपलब्धिबारे समितिलाई जानकारी गराउँदै करिब १८ किमी लामो झापाको बाहुनडाँगी क्षेत्रमा आधुनिक विद्युतीय तारबार गरी हात्तीबाट हुने मानवीय जनधनको क्षतिलाई रोक्ने काम गरिरहेको बताउनुभयो ।
कोषले पर्सा जिल्लामा जनावरलाई पिउने पानीको व्यवस्थाका लागि पाइप बिछ्याएर पोखरी बनाई पानीको व्यवस्था गर्नुका साथै मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न कोषको स्थापनासमेत गरेको छ ।
“कोषले जावलाखेलमा रहेको सदर चिडियाखानाको व्यवस्थापन गर्नुका साथै वन्यजन्तु उद्धार गर्नका लागि गोदावरी र चितवनमा वन्यजन्तु उद्धार केन्द्रको स्थापना कार्य अघि बढेको छ”–सदस्य–सचिव गजुरेलले जानकारी दिनुभयो ।
नेपालको जैविक विविधताको संरक्षण व्यवस्थापन र विकास गर्ने उद्देश्यले सन् १९८२ मा कोषको स्थापना गरिएको हो । कोषले वनसँग सम्बन्धित अध्ययन, अनुसन्धान गर्नेलाई छात्रवृत्तिको समेत व्यवस्था गर्दै आएको छ ।
सांसद कमला विश्वकर्माले उपत्यकाभित्र र विभिन्न जिल्लाको समेत सिमसारको समस्या राष्ट्रियस्तरमै समाधान गर्नुपर्नेमा जोड दिनुभयो । समिति सभापति जनकराज चौधरीले चुरे क्षेत्र संरक्षणका लागि सबैको उत्तिकै भूमिका हुने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ