
रत्ननगर (चितवन), १५ चैत । चितवनको सौराहामा चेपाङ सङ्ग्रहालय बनाइने भएको छ ।
रत्ननगरको गामवेसीको चेपाङ संरक्षण केन्द्रले स्थापना गरेको चेपाङ सङ्ग्रहालय पर्यटकीय नगरी सौराहामा विस्तार गर्न लागिएको हो ।
केन्द्रमा आश्रित चेपाङ बालबालिकाको भरणपोषणका लागि आर्थिक स्रोत जुटाउन सौराहामा सङ्ग्रहालय विस्तार गर्न लागिएको केन्द्रका अध्यक्ष केपीकरण शर्माले जानकारी दिनुभयो ।
सौराहाको मुख्य बजार नजिक सङ्ग्रहालय निर्माण गरेर पर्यटकलाई अवलोकन गर्ने व्यवस्था मिलाउने योजना रहेको उहाँको भनाइ छ । सङ्ग्रहालय अवलोकन गरेबापत पर्यटकले तिर्ने शुल्क चेपाङ बालबालिकाको भरणपोषणमा खर्च गरिने छ ।
व्यवसायीले हात्ती सफारी, जिप सफारी, डुङ्गा चढी, थारु संस्कृतिको अवलोकनलाई प्याकेज कार्यक्रम बनाएर पर्यटकलाई सेवा दिँदै आएका छन् । सङ्ग्रहालयमा चेपाङ जातिले प्रयोग गर्ने आदिमकाल देखिका ५३५ वटा सामग्री राखिने छ ।
सङ्ग्रहालयमा चेपाङ जातिले जीविकोपार्जनका लागि प्रयोग गर्ने र धार्मिक तथा सांस्कृतिक महत्व बोकेका पुराना सामान राखिने भएकाले पर्यटकका लागि आर्कषणको विषय बन्ने जनाइएको छ ।
चेपाङ सङ्ग्रहालयलाई पनि व्यवसायीसँग सहकार्य गरेर प्याकेज कार्यक्रमको रुपमा स्थापित गर्ने योजना रहेको अध्यक्ष शर्माले बताउनुभयो । सौराहामा आउने पर्यटकमध्ये ८० प्रतिशतलाई चेपाङ सङ्ग्रहालयको अवलोकन गराउने प्रारम्भिक योजना रहेको छ ।
यस्तै केन्द्रले एसएसपी रमेश खरेललाई केन्द्रको मानार्थ सदस्य र केन्द्रका सल्लाहकार संयोजक डा ढुण्डीराज पौडेललाई अक्षयकोष व्यवस्थापन समितिको संयोजक बनाउने निर्णय पारित गरेको छ । केन्द्रमा १४१ जना चेपाङ बालबालिका आश्रित छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग