
सोलुखुम्बु, १४ चैत । गत वैशाखको भूकम्पका कारण सगरमाथामा ठूला खाल्डा र चिरा परेको भेटिएको छ ।
सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथा आधार शिविरबाट माथि गएका आइसफल डाक्टरले यस्तो पत्ता लगाएका हुन् । आइसफल डाक्टरका कमान्डर आङ कामी शेर्पाले भन्नुभयो “सगरमाथा चढ्ने बाटोमा यति ठूला खाल्डा र चिरा यसअघि देखिएको थिएन, यस वर्ष त डरलाग्दो रहेछ” ।
दुई वर्षदेखि आरोहण हुन नसकेको सगरमाथामा अर्को वर्ष हुन लागेको आरोहणका लागि बाटो बनाइरहेका आइसफल डाक्टरहरु पहिलो शिविर पुग्न लागेका छन् । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)को संयोजनमा बाटो बनाइरहेका उनीहरुले खाल्डा र चिरा परेको कारण अघिल्ला वर्षको भन्दा दोब्बर भ¥याङ प्रयोग गर्नुपरेको बताए । दोस्रो शिविरसम्म बाटो बनाउने जिम्मेवारी लिएर उनीहरुले त्यहाँ पुग्दा २०० बढी भ¥याङ प्रयोग हुने बताए ।
संसारकै सबैभन्दा अप्ठ्यारो भनेर चिनिने खुम्बु आइसफलमा बाटो बनाउनु निकै चुनौती छ र यस वर्ष ठूला खाल्डा र चिराले झनै समस्या थपेको आइसफल डाक्टरका कमाण्डर शेर्पाले बताउनुभयो । विसं २०७१ मा हिमपहिरोका कारण १६ जना शेर्पाले ज्यान गुमाएपछि तथा गत वैशाखमा भूकम्प गएपछि आरोहण रद्द भएको थियो । बाटो बनाउन कठिन भए पनि भूकम्पपछि झरेको हिउँको ढिस्को सुरक्षित रहेको आइसफल डाक्टरले जानकारी दिएका छन् ।
अर्को सातासम्ममा दोस्रो शिविरसम्मको बाटो बनाउने गरी काम भइराखेको र भिडभाड कम होस् भनेर कतिपय स्थानमा दुई वटा बाटो बनाइरहेको एसपिसिसीका प्रशासक निशान श्रेष्ठले जानकारी दिनुभयो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता