
ओलीद्वारा टेराकोटा सिपाही र घोडा सङ्ग्रहालयको अवलोकन

सियान मेडिकल युनिभर्सिटीका पदाधिकारीका साथमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर ः तीर्थ भट्टराई, रासस ।
सियान साङ्सी (चीन), १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सियान सहरमा रहेको टेराकोटा सिपाही र घोडा सङ्ग्रहालयको अवलोकन गर्नुभयो ।
चीनको लगभग १८ सय वर्ष अघिको छिङ वंशका प्रथम राजा छिङ सि हुवाङको मृत्युपछि उनको आत्माको सुरक्षाका लागि करिब छ हजार सिपाहीका माटाको मूर्ति बनाई ती पनि जमिनमुनि पुरिएको विश्वास गरिन्छ ।
करिब चार दशकअघि मात्र पत्ता लागेको सो स्थानमा सिपाहीका मूर्तिसहित घोडाको मूर्ति पनि त्यसैगरी पुरिएको बताइन्छ ।
छ हजार सिपाहीको मूर्ति पुरिएको विश्वास गरिए पनि हालसम्म दुई हजारको मात्र उत्खनन भएको छ ।
ती मूर्ति टुटेफुटेका हजारौँ टुक्राबाट जोडिएर राखिएका छन् भने सङ्ग्रहालयमा तीन वटा खाल्डा पिस्त रहेका छन् । अझै उत्खननको कार्य भइरहेको र सबै उत्खनन हुन वर्षांै लाग्ने योे सङ्ग्रहालय विश्व सम्पदा सूचीमा परेको छ । यसले चीनमा लाखौँ पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
सङ्ग्रहालयमा त्यस बेला प्रयोगमा आएका तीर, तरबार, भाला र घोडाले तान्ने बग्गी पनि भेटिएका थिए । ती खाल्डा ३० मिटरसम्म गहिरा छन् । पत्ता लाग्नु अघि त्यस ठाउँमा आधुनिक मानिसले पनि चिहान बनाउन प्रयोग गर्ने गरेको बताइएको छ ।
सङ्ग्रहालय अवलोकनपछि प्रधानमन्त्री ओलीले यस्तो विश्वसम्पदा अवलोकन गर्न पाएर खुसी लागेको बताउनुभयो । साथै उहाँले ‘यो सङ्ग्रहालयले चिनियाँ सभ्यताको गौरवमय पक्षलाई उजागर गरेको’ टिप्पणीसहित त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो ।
यस स्थललाई विश्वका ठूलो आश्चर्यमध्येका एक मानिन्छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- गोरखाहरुलाई अति माया गर्ने ब्रायन स्टालेको निधन
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- ‘गोरखा सैनिकहरुलाई बेलायतको भिसा–नागरिकतावापत लिइने शुल्क खारेज हुनुपर्छ’