काठमाडौँ, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच भएको सम्झौता समझदारीको नेकपा (माले) ले स्वागत गरेको छ ।
“चीन भ्रमणका क्रममा यही चैत ८ गते दुई देशबीच सम्पन्न १० बुँदे सम्झौता र १५ बुँदे संयुक्त विज्ञप्तिमा उल्लेख भएका बुँदाले नेपालको स्वतन्त्र आर्थिक विकास र आत्मनिर्भरतामा दूरगामी महत्व राख्दछ”– सो पार्टीको आज यहाँ बसेको पोलिटब्युरो बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
चिनियाँ रेललाई काठमाडौँ–पोखरा–लुम्बिनीसम्म विस्तारबारे अध्ययन गर्ने, पेट्रोलियम र ग्यासको अनुसन्धान गर्ने, इन्धन भण्डारणस्थल निर्माण गरिने, व्यापारका लागि चाँडै सम्झौता गर्ने, भूकम्पबाट भएको क्षति व्यवस्थापन गर्न चीनले रु ५० अर्ब बराबरको सहयोग गर्ने, चिनियाँ लगानी बढाउने, जलवायु परिवर्तन र ऊर्जा, खाद्य–सुरक्षालगायतमा सहकार्य गर्न दुवै देश सहमतिमा पुग्नुलाई पार्टीले सकारात्मक रूपमा लिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
सम्झौताले विविध पक्षमा नेपाललाई विकल्प प्रदान गर्ने र नेपालको व्यापारमा विविधीकरण गर्ने ढोका खोलेको उल्लेख गर्दै मालेले समझदारी र सहमतिलाई सक्रियपूर्वक कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
यही चैत ९ गते बेल्जियमको राजधानी ब्रसेल्सका विमानस्थल र रेलस्टेसनमा आतङ्ककारी बम आक्रमणबाट ३५ जनाको मृत्यु हुनुका साथै २०० जनाभन्दा बढी घाइते भएकाप्रति सो पार्टीले दुःख व्यक्त गर्दै घटनाको निन्दा एवम् भत्र्सना गरेको छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता