चीन नेपालबीच भएको सम्झौताप्रति मालेको स्वागत

तस्विरः रोयटर्स

तस्विरः रोयटर्स

काठमाडौँ, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच भएको सम्झौता समझदारीको नेकपा (माले) ले स्वागत गरेको छ ।

“चीन भ्रमणका क्रममा यही चैत ८ गते दुई देशबीच सम्पन्न १० बुँदे सम्झौता र १५ बुँदे संयुक्त विज्ञप्तिमा उल्लेख भएका बुँदाले नेपालको स्वतन्त्र आर्थिक विकास र आत्मनिर्भरतामा दूरगामी महत्व राख्दछ”– सो पार्टीको आज यहाँ बसेको पोलिटब्युरो बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ रेललाई काठमाडौँ–पोखरा–लुम्बिनीसम्म विस्तारबारे अध्ययन गर्ने, पेट्रोलियम र ग्यासको अनुसन्धान गर्ने, इन्धन भण्डारणस्थल निर्माण गरिने, व्यापारका लागि चाँडै सम्झौता गर्ने, भूकम्पबाट भएको क्षति व्यवस्थापन गर्न चीनले रु ५० अर्ब बराबरको सहयोग गर्ने, चिनियाँ लगानी बढाउने, जलवायु परिवर्तन र ऊर्जा, खाद्य–सुरक्षालगायतमा सहकार्य गर्न दुवै देश सहमतिमा पुग्नुलाई पार्टीले सकारात्मक रूपमा लिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

सम्झौताले विविध पक्षमा नेपाललाई विकल्प प्रदान गर्ने र नेपालको व्यापारमा विविधीकरण गर्ने ढोका खोलेको उल्लेख गर्दै मालेले समझदारी र सहमतिलाई सक्रियपूर्वक कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

यही चैत ९ गते बेल्जियमको राजधानी ब्रसेल्सका विमानस्थल र रेलस्टेसनमा आतङ्ककारी बम आक्रमणबाट ३५ जनाको मृत्यु हुनुका साथै २०० जनाभन्दा बढी घाइते भएकाप्रति सो पार्टीले दुःख व्यक्त गर्दै घटनाको निन्दा एवम् भत्र्सना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री