
पर्यटकीय नगरी पोखरास्थित फेवाताल । फेवाताल सहितका पोखराका नौवटा ताल रामसार सूचिमा सूचीकृत भएसँगै अन्तर्राष्ट्रियस्तरमा परिचित भएको छ । तस्बिर ः वासुदेव पौडेल, पोखरा, रासस
काठमाडौँ, ११ चैत । मुलुकको पर्यटन क्षेत्रकै जेठो संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्धनका लागि विशेष कार्यक्रम ल्याउने भएको छ ।
भूकम्प र नाकाबन्दीबाट सङ्क्रमणमा परेको पर्यटन व्यवसायले बिस्तारै गति लिन थालेका अवस्थामा नाट्टाले नेपालको पर्यटन बजारका विविध आयामबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम मार्फत बढी पर्यटक आकर्षण गर्ने योजना अघि सारेको हो । नाट्टाका अध्यक्ष मधुसूदन आचार्यले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गरी बढी पर्यटक भित्र्याउने योजनाबद्ध कार्यक्रम ल्याइने बताउनुभयो ।
राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज) का नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई दिन आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “अबको हाम्रो लक्ष्य भनेकै अन्तर्राष्ट्रिय बजारलाई प्राथमिकता दिएर पर्यटक आकर्षण गर्नु हो, त्यसका लागि नाट्टाले चाँडै ठूला प्रवर्धनात्मक कार्यक्रम गर्दैछ, पर्यटकको सङ्ख्या बढाउन नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धन तथा पूर्वाधार विकासमा जोड दिइनुपर्छ । ”
मुख्य पर्यटकीय मौसम सुरु भएसँगै पर्यटक आवागमनको सुरुआती चरण उत्साहजनक रहेको भन्दै उहाँले पर्यटन पत्रकारसँग संस्थागत सहकार्य गरी प्रवर्धनात्मक कार्यक्रमलाई तीव्रता दिइने बताउनुभयो ।
नाटोजका अध्यक्ष शिव अधिकारीले पर्यटन प्रवद्र्धनको जिम्मा लिएका सरकारी निकाय तथा निजी क्षेत्रलाई थप चलायमान बनाउन पर्यटन पत्रकारका तर्फबाट सशक्त भूमिका निर्वाह गरिने बताउनुभयो ।
यसैबीच नाट्टाले पर्यटन क्षेत्रमा क्रियाशील पत्रकारको प्रोत्साहनका लागि संस्थाले प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारका विधालाई बढाई पाँच विधामा यसै वर्षदेखि पुरस्कृत गरिने जनाएको छ ।
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण