काठमाडौँ, ११ चैत । रु ८० करोडको लगानीमा काठमाडौँ महानगरपालिका ९कामपा० को विभिन्न सडकमा छ हजार ‘सौर्य सडक बत्ती’ जडान गरिने भएको छ ।
कामपाका सडकलाई उज्यालो पार्न समुदायमा आधारित सौर्य सडक बत्ती जडान गर्न लागिएको हो । कामपा, भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीका अनुसार बत्ती जडानका लागि १५० निवेदन परेको छ । सौर्य बत्ती जडान गर्न उपभोक्ताले १५ प्रतिशत, महानगरपालिकाले २५ प्रतिशत र सरकारले ६० प्रतिशत लगानी गर्ने छन् । विद्युत्भार कटौतीको समयमा राजधानीलाई उज्यालो बनाउन सौर्य बत्ती जडान गर्न लागिएको रेग्मीको भनाइ छ ।
त्यस्तै राति आवागमन सहज हुने, दुर्घटना कम हुने र आपराधिक क्रियाकलाप कमी ल्याउन सहयोग पुग्ने अपेक्षासहित सौर्य बत्ती कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । यस कार्यक्रमअन्तर्गत विद्यालय, अस्पताल, सार्वजनिक सङ्घसंस्था र सेवामूलक क्षेत्रलगायतले संस्थागत रुपमा सोलार राख्न चाहेमा ७० प्रतिशत सरकारले लगानी गर्नेछ भने ३० प्रतिशत सम्बन्धित संस्थाले नै लगानी गर्नुपर्ने छ ।
प्रमुख रेग्मीका अनुसार पोलसहित एउटा सौर्य बत्ती जडान गर्न रु एक लाखसम्म लगानी लाग्नेछ । अठारौँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० शिखर सम्मेलनका समयमा नारायणगोपालचोक, बानेश्वर, कोटेश्वर, सिंहदरबार, माइतीघर, थापाथली र पुरानो बसपार्कलगायत स्थानमा सौर्य जडान गरिएको थियो ।
सार्क सम्मेलनका क्रममा महानगरपालिकाले सौर्य प्रणाली जडान गर्न रु १० करोडको लगानी गरेको थियो । त्यसबेला १५० वटा सौर्य बत्ती राखिएका थिए । त्यतिबेला जडान भएका सौर्य बत्ती मर्मत सम्भारको अभावमा केही बिग्रिएका छन् । महानगरले विगतमा जडान गरिएका सौर्य प्रणालीको मर्मत सम्भारमा समेत ध्यान दिने जनाएको छ ।
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति