काठमाडौँ, १० चैत । मित्रराष्ट्र चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेइजिङस्थित तियानमेन स्क्वायरमा राखिएको जनवादी गणतन्त्र चीनका अध्यक्ष माओ त्से–तुङको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गर्नुभएको विज्ञप्तिमा चीन भ्रमणमा रहनुभएका ओलीले जनवादी गणतन्त्रका अध्यक्ष माओ त्से–तुङको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको उल्लेख छ ।
यसअघि प्रधानमन्त्री ओलीले स्क्वायरमा रहेको चिनियाँ वीर सहिदको स्मारक स्तम्भमा पुष्पगुच्छा चढाउनुभएको थियो । प्रधानमन्त्री ओली तियानमेन स्क्वायर पुग्दा उहाँको सम्मानमा राष्ट्रिय धुन बजाइएको थियो ।
प्रसिद्ध पर्यटकीय स्थलसमेत रहेको तियानमेन क्षेत्रमा नेपाल र चीनका झन्डा फहराइएका छन् ।
प्रधानमन्त्रीले आजै बेइजिङमा पिपल्स पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्सका अध्यक्ष यु चेनसेंगसँग ग्रेट हल अफ दि पिपुलमा भेटवार्ता गर्नु हुनेछ भने बेइजिङको औपचारिक कार्यक्रमपछि हेनान प्रान्तको सान्या सहर जानु हुने कार्यक्रम छ ।
प्रधानमन्त्रीले बिहीबार हाइनानमा एसियाको नयाँ भविष्य, नयाँ आयाम र नयाँ दृष्टिकोण विषयमा बोआओ मञ्चलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेकोे विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ