
ह्यारी गोर्खा ब्रिटिस क्याम्पमा
पोखरा, ९ चैत । बेलायती राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेभिड ‘ह्यारी’ लामाचौरस्थित गोर्खा ब्रिटिस क्याम्प पुगेर अफगानिस्तानमा मारिएका बेलायती गोर्खाली सेनाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
अफगानिस्तानमा ११ गोर्खा सैनिकले वीरगति प्राप्त गरेका थिए । वीरगति प्राप्त गर्नेमा युवराज राई, कृष्णप्रसाद दुरा, कुमार पुन, अर्जुन पुन, रेमन्द खुलुङ, ईश्वर गुरुङ, सुरज गुरुङ, सुरज लिम्बू, सचिन लिम्बू, गजेन्द्र गुरुङ र सिद्धार्थ गुरुङ थिए । वीरगति प्राप्त गरेका गोर्खा सेनाको सम्झनामा दुई मिनेट मौनधारण समेत गरिएको थियो ।
बेलायती सैनिक पोसाकमा राजकुमार ह्यारीले सो समारोहमा भाग लिनुभएको थियो । वीरगति प्राप्त गर्ने गोर्खा सैनिकको आत्माको चिर शान्तिको कामना गर्दै हिन्दू र बौद्ध परम्पराअनुसार शान्ति पाठ गरिएको थियो । सोही अवसरमा ह्यारीले अफगानिस्तान युद्धमा मारिएका गोर्खा सैनिकका आफन्तजन र परिवारजनसँग भलाकुसारी गर्दै समवेदना व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा नेपालका लागि बेलयाती राजदूत रिचर्ड मरिस र बेलायती गोर्खा सैनिक सहितको उपस्थिति थियो ।
राजकुमार ह्यारीले वरको वृक्ष रोपण पनि गर्नुभयो । उहाँ आजै बेलायती गोर्खाको कार्यक्रममा सहभागी भई काठमाडौँ फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति