![प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीन पीङसंग ग्रेट हल अफ द पिपलमा सोमबार भेट गर्नुहुँदै । तस्बिर ः तीर्थ भट्टराई, बेइजिङ, रासस](http://wenepali.com/wp-content/uploads/2016/03/1458578096031_TB-Bejing-Rastrapati-PM-Meet-1024x776.jpg)
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीन पीङसंग ग्रेट हल अफ द पिपलमा सोमबार भेट गर्नुहुँदै । तस्बिर ः तीर्थ भट्टराई, बेइजिङ, रासस
बेइजिङ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा चीनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्नुभयो ।
सो अवसरमा उहाँहरुबीच सौहार्दपूर्ण रुपमा आपसी हित र सहयोगका विषयमा वार्ता भएको थियो । भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउने सम्बन्धमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।