
नेपाल भ्रमणमा रहनुभएका वेलायती राजकुमार ह्यारी लमजुङको पर्यटकीय गाउँ गौँडा–७ लेउरानीमा रहनुभएकी पूर्वसैनिक पत्नी मङ्गली तामाङका साथ । तस्बिर ः ऋषिराम अधिकारी, रासस, लमजुङ ।
गाँैडा(लमजुङ),८ चैत । नेपाल भ्रमणमा रहनुभएका बेलायती राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेभिड ‘ह्यारी’ पदयात्रापछि गुरुङ समुदायको घनाबस्ती रहेको भिरकुना गाउँ आइपुग्नुभएको छ ।
राजकुमार ह्यारीले गौँडा गाविस वडा नं ४ भिरकुनाबाट वडा नं ७ को लेउरानी गाउँसम्म एक घन्टाको पदयात्रा गर्नुभएको थियो । उहाँ गुरुङ समुदायको बस्ती, प्रकृति र ग्रामीण जनजीवनको अवलोकन गर्दै पदयात्रामा सहभागी हुनुभएको थियो । राजकुमार ह्यारीसहितको टोली आज सोही गाउँमा घरबास (होमस्टे) मा छ ।
ह्यारी गाउँमा पुग्दा स्थानीय गुरुङ परम्परानुसार फेटा बाँधेर, चामलको सेतो टीका र फूलमाला लगाएर स्थानीयवासीले स्वागत गरेका थिए । उहाँले ८८ वर्षीया मङ्गली तामाङका घरमा बनाइएको कोदाको ढिँडो, स्थानीय कुखुराको मासु, गोलभेँडाको पिरो अचारसहितको परिकार खानुभएको थियो । “मैले अफगानिस्तानमा गोर्खा सैनिकसँग रहँदा पिरो अचार खाएको थिएँ, पिरो अचारले शरीर तात्छ, आज यहाँ पानी परेर चिसो भएकाले अरु स्थानीय परिकारसहित गोलभेँडाको पिरो अचार मलाई विशेष स्वादिलो लाग्यो”– ह्यारीले भन्नुभयो ।

नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका बेलायतका राजकुमार ‘ह्यारी’ लमजुङ गैडा गाविसको लेउरानी गाउँमा मंगली तामाङको परिवारसंग रातीको खाना खाँदै । तस्बिर ः प्रदीपराज वन्त,रासस
यसअघि त्यहाँ गुरुङ परम्परानुसार देखाइएको घाँटु र तामाङ नाचमा ह्यारी नाच्नुभएको थियो । ह्यारीले वडा नं ७ को लेउरानी गाउँमा पुगेर दोस्रो विश्वयुद्धमा बेलायती सेनाबाट लडेका गोर्खा सैनिक गञ्जुराम तामाङकी ८८ वर्षीया धर्मपत्नी मङ्गलीलाई भेट्नुभयो । “आफूले यसरी बेलायतका राजकुमारलाई भेट्छु भन्ने सोचेको थिइन, भेट भयो, साह्रै खुसी लागेको छ”– मङ्गलीले भन्नुभयो ।
सो अवसरमा मङ्गलीले ह्यारीसँग आफू नियमित स्वास्थ्य परीक्षणमा रहेकाले औषधोपचार र भूकम्पले क्षति पुरयाएको घर निर्माणका लागि सहयोगको अपेक्षा गर्नुभएको थियो । ह्यारीले गोर्खा कल्याणकारी कोषमार्फत सहयोग पुरयाउने वचन दिनुभयो । उहाँले भूकम्पले क्षति पुरयाएको भूतपूर्व ब्रिटिस गोर्खा परिवारका घर र त्यहाँ रहेका आफन्तसँग जानकारी लिनुभएको थियो ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग