
लमजुङ ८ चैत । नेपाल भ्रमणमा रहनु भएका बेलायतका राजकुमार यहाँस्थित भीरकुना गैरा–४ आइपुग्नुभएको छ ।
उहाँलाई स्थानीय गुरुङ समुदायले परम्परागत तबरले स्वागत गरेका थिए । सेतो टीका लगाइदिएर राजकुमार ह्यारीको स्वागत गरिएको थियो ।
उहाँले विनासशकारी भूकम्पले क्षति पुरयाएको भूतपूर्व ब्रिटिश गोर्खाका घर र त्यहाँ रहेका आफन्तहरुसँग जानकारी लिनुभएको थियो ।
पोखरा, ८ चैत । बेलायती राजकुमार ह्यारी भोलि पोखरा आउँदै हुनुहुन्छ ।
नेपालको औपचारिक पाँचदिने भ्रमणमा चैत ६ गते राजधानी काठमाडौँ आइपुग्नुभएका ह्यारी भोलि पोखरा आउनुहुने भएको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीका अनुसार पोखरा लामाचौरस्थित बिट्रिस क्याम्पमा हुने एक समारोहमा सहभागी भई ह्यारी भोलि नै काठमाडौंँ फर्कने कार्यक्रम छ ।
बेलायती राजदूतावासका अनुसार सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न ह्यारी पोखरा आउन लाग्नुभएको हो । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा आउनुभएका ह्यारीको पोखरा भ्रमणलाई महत्वपूर्ण अवसरका रुपमा पोखरेलीले लिएका छन् ।
पोखरा रहँदा उहाँ वीरता र पराक्रममा ख्याति कमाएका गोर्खा सैनिकका परिवारजनसित पनि भलाकुसारी गर्नेलगायतका कार्यक्रममा सहभागी रहनु हुनेछ ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने