
लमजुङ ८ चैत । नेपाल भ्रमणमा रहनु भएका बेलायतका राजकुमार यहाँस्थित भीरकुना गैरा–४ आइपुग्नुभएको छ ।
उहाँलाई स्थानीय गुरुङ समुदायले परम्परागत तबरले स्वागत गरेका थिए । सेतो टीका लगाइदिएर राजकुमार ह्यारीको स्वागत गरिएको थियो ।
उहाँले विनासशकारी भूकम्पले क्षति पुरयाएको भूतपूर्व ब्रिटिश गोर्खाका घर र त्यहाँ रहेका आफन्तहरुसँग जानकारी लिनुभएको थियो ।
पोखरा, ८ चैत । बेलायती राजकुमार ह्यारी भोलि पोखरा आउँदै हुनुहुन्छ ।
नेपालको औपचारिक पाँचदिने भ्रमणमा चैत ६ गते राजधानी काठमाडौँ आइपुग्नुभएका ह्यारी भोलि पोखरा आउनुहुने भएको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीका अनुसार पोखरा लामाचौरस्थित बिट्रिस क्याम्पमा हुने एक समारोहमा सहभागी भई ह्यारी भोलि नै काठमाडौंँ फर्कने कार्यक्रम छ ।
बेलायती राजदूतावासका अनुसार सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न ह्यारी पोखरा आउन लाग्नुभएको हो । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा आउनुभएका ह्यारीको पोखरा भ्रमणलाई महत्वपूर्ण अवसरका रुपमा पोखरेलीले लिएका छन् ।
पोखरा रहँदा उहाँ वीरता र पराक्रममा ख्याति कमाएका गोर्खा सैनिकका परिवारजनसित पनि भलाकुसारी गर्नेलगायतका कार्यक्रममा सहभागी रहनु हुनेछ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार