
बाँके (खजुरा), ८ चैत । कालीकोटमा विमान दुर्घटनामा ज्यान गुमाएका चालकको सम्मानमा बाँके राँझा चोकमा सालिक राख्न पहल थालिएको छ ।
एयर काष्ठमण्डपको जहाज दुर्घटनामा ‘आफू मरेर यात्रु बचाउने’ चालक दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको योगदानको कदर गर्दै चोक नामकरण तथा सालिक स्थापना गर्न सरकारलाई सिफारिस गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको अध्यक्षतामा सम्पन्न सर्वदलीय र सर्वपक्षीय बैठकले नेपालगन्ज–कोहलपुर सडकखण्डको राँझा विमानस्थलतर्फ जाने चोकमा दुवै जनाको सालिक स्थापना गर्न सिफारिस गरेको हो ।
नेपालगन्जबाट जुम्लाका लागि उडेको नाइन एनएजेभी जहाज कालीकोटको चिल्खाया–२ मा गत फागुन १४ गते दुर्घटनामा परेको थियो ।
जहाजमा प्राविधिक समस्या आएपछि आपतकालीन अवतरण गर्ने क्रममा नेपालगन्ज १६ कोरियनपुर निवासी २९ वर्षीय चालक दिनेश र पाल्पा स्थायी घर भई काठमाडाँैमा बस्दै आएका २७ वर्षीय सहचालक सन्तोषको मृत्यु भएको थियो । जहाजमा सवार अन्य नौजना यात्रुको भने ज्यान जोगिएको थियो ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’