
काठमाडौँ, ७ चैत । एकीकृत नेकपा(माओवादी) का अध्यक्ष पुष्पकमल दाहलले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजको केन्द्रीय समितिको बैठकमा उहाँले पार्टी महाधिवेशनको प्रस्ताव गर्नुभएको हो । पार्टी प्रवक्ता दीनानाथ शर्माका अनुसार वडादेखि प्रदेशतहसम्मको अधिवेशन गर्ने र एक वर्षभित्र महाधिवेशन गर्ने प्रस्ताव भएको हो ।
यस्तै दाहालले पार्टीलाई सङ्गठित, व्यवस्थित बनाउँदै विभिन्न रुपमा रहेका माओवादी दल तथा समूहसँग एकता गर्ने प्रस्तावसमेत गर्नुभएको छ ।
उहाँले जनतालाई पुनःविश्वासमा लिएर पार्टीलाई एक नम्बरको बनाउने र राष्ट्रिय समस्या समाधानमा प्रतिबद्ध भएर लाग्न जनपरिचालन एवम् सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्नेसमेत आफ्नो प्रस्तावमा उल्लेख गर्नुभएको छ ।
यस्तै पार्टी परित्याग गरी नयाँ शक्तिमा लागेका नेताको स्थानमा पदपूर्ति गर्न सचिव वर्षमान पुनको संयोजकत्वमा एक कार्यदलको प्रस्ताव गरिएको छ । सो कार्यदलको प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिइनेछ ।
शनिबारबाट सुरु भएको बैठकमा प्रदेश इन्चार्ज एवम् सचिवले आ–आफ्नो क्षेत्रको प्रतिवेदन पेस गर्नुभएको थियो । पार्टीले पछिल्लोे कार्यनीतिका कारण देशव्यापी रुपमा केही सुधार भए पनि सरकारका सहभागी मन्त्रीको कार्यशैली जनपक्षीय नभएको भन्दै आलोचना भएको छ ।
पार्टी निर्माण गर्ने लक्ष्यका साथ सरकारमा सहभागी भए पनि जनअपेक्षित रुपमा सरकारको काम प्रभावकारी नभएको भन्दै प्रदेशका इन्चार्ज एवम् सचिवले आपत्ति जनाउनुभएको थियो ।
यस्तै उहाँहरुले रुपान्तरणका लागि नेतृत्वबाटै सुरु गर्नुपर्ने र त्यो पार्टी सदस्यसम्म पुग्नुपर्नेमा उहाँहरुको जोड थियो । बैठक सोमबार पुनः बस्नेछ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता