
काठमाडौँ, ७ चैत । एकीकृत नेकपा(माओवादी) का अध्यक्ष पुष्पकमल दाहलले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजको केन्द्रीय समितिको बैठकमा उहाँले पार्टी महाधिवेशनको प्रस्ताव गर्नुभएको हो । पार्टी प्रवक्ता दीनानाथ शर्माका अनुसार वडादेखि प्रदेशतहसम्मको अधिवेशन गर्ने र एक वर्षभित्र महाधिवेशन गर्ने प्रस्ताव भएको हो ।
यस्तै दाहालले पार्टीलाई सङ्गठित, व्यवस्थित बनाउँदै विभिन्न रुपमा रहेका माओवादी दल तथा समूहसँग एकता गर्ने प्रस्तावसमेत गर्नुभएको छ ।
उहाँले जनतालाई पुनःविश्वासमा लिएर पार्टीलाई एक नम्बरको बनाउने र राष्ट्रिय समस्या समाधानमा प्रतिबद्ध भएर लाग्न जनपरिचालन एवम् सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्नेसमेत आफ्नो प्रस्तावमा उल्लेख गर्नुभएको छ ।
यस्तै पार्टी परित्याग गरी नयाँ शक्तिमा लागेका नेताको स्थानमा पदपूर्ति गर्न सचिव वर्षमान पुनको संयोजकत्वमा एक कार्यदलको प्रस्ताव गरिएको छ । सो कार्यदलको प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिइनेछ ।
शनिबारबाट सुरु भएको बैठकमा प्रदेश इन्चार्ज एवम् सचिवले आ–आफ्नो क्षेत्रको प्रतिवेदन पेस गर्नुभएको थियो । पार्टीले पछिल्लोे कार्यनीतिका कारण देशव्यापी रुपमा केही सुधार भए पनि सरकारका सहभागी मन्त्रीको कार्यशैली जनपक्षीय नभएको भन्दै आलोचना भएको छ ।
पार्टी निर्माण गर्ने लक्ष्यका साथ सरकारमा सहभागी भए पनि जनअपेक्षित रुपमा सरकारको काम प्रभावकारी नभएको भन्दै प्रदेशका इन्चार्ज एवम् सचिवले आपत्ति जनाउनुभएको थियो ।
यस्तै उहाँहरुले रुपान्तरणका लागि नेतृत्वबाटै सुरु गर्नुपर्ने र त्यो पार्टी सदस्यसम्म पुग्नुपर्नेमा उहाँहरुको जोड थियो । बैठक सोमबार पुनः बस्नेछ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार