काठमाडौँ । नेपाल भमणमा रहेका प्रिन्स ह्यारीले नाकाबन्दी र भुकम्पकाे विपदमा पनि नेपालीहरूकाे अनुहारमा हाँसाे देख्दा खुश लागेकाे बताएका छन ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगकाे शिष्टाचार भेटवार्तामा उहाँले साे विचार व्यक्त गर्नुभएको हाे ।
राष्ट्रपति भवन शीतल निवासमा उहाँहरुबीच भएको भेटवार्तामा ह्यारीले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको द्विशतवार्षिकीका अवसरमा बेलायतका महारानी तथा आफ्नी हजुरआमाको विशेष सद्भावना सन्देश लिएर आफू नेपाल आएको जानकारी गराउनुभएको थियो ।
राजकुमार ह्यारीले नेपालको मनोरम हिमशृङ्खलासहितका प्राकृतिक सम्पदा, पर्यावरण र वन्यजन्तु संरक्षणजस्ता विषयमा चासो राख्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
विशेषत गोर्खा सैनिकको लगन, इमान्दारी, बहादुरी र बफादारीलाई नजिकबाट प्रत्यक्ष रुपमा नियाल्ने अवसर पाएको र त्यसबाट आफू अत्यन्तै प्रभावित भएको प्रसङ्ग राजकुमार ह्यारीले उल्लेख गर्दै गोर्खा सैनिक बाँकी विश्वका लागि सद्भावना राजदूतका रुपमा रहेको बताउनुभयो ।
“भूकम्प र इन्धन समस्या भोगिरहँदा समेत नेपालीको अनुहारमा हाँसो देख्दा विपद्मा पनि धैर्य र साहस देखाउने गोर्खाली सैनिकको गुण सबै नेपाली जनतामा रहेको मैले प्रत्यक्ष अनुभूत गर्न पाएँ,” राजकुमार ह्यारीले भन्नुभयो ।
राष्ट्रपति भण्डारीले पुरानो मित्र राष्ट्रको राजपरिवारका एक सदस्यलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै गत वैशाखमा गएको भूकम्पबाट पीडित नेपालीलाई टाढा रहेर पनि तदारुकताका साथ उद्धार एवम् सहयोग पु¥याएकामा बेलायत सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
नेपालको विकासमा साझेदार मुलुकका रुपमा बेलायतबाट ठूलो सहयोग हुँदै आएकामा आभार व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सबै नेपालीका बीचमा सुपरिचित राजकुमारका पर्यटन, पर्यावरण, साहसिक र परोपकारी कार्यजस्ता रुचिबाट नेपाललाई योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको पाँचदिने भ्रमणका लागि शनिबार यहाँ आइपुग्नुभएका बेलायती राजकुमार ह्यारीले आज विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र र नागबहालस्थित हिरण्यवर्ण महाविहारको अवलोकन तथा त्यहाँ भूकम्पबाट भएको क्षति तथा भक्तपुरमा बेलायती सहयोग नियोगले भूकम्पपीडितलाई गरेको उद्धार सहयोग लगायत विषयमा जानकारी लिने कार्यक्रम छ । रासस
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट