
विपदमा पनि नेपालीकाे मुहार हँसिलाे देख्दा प्रिन्स ह्यारी मख्ख
काठमाडौँ । नेपाल भमणमा रहेका प्रिन्स ह्यारीले नाकाबन्दी र भुकम्पकाे विपदमा पनि नेपालीहरूकाे अनुहारमा हाँसाे देख्दा खुश लागेकाे बताएका छन ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगकाे शिष्टाचार भेटवार्तामा उहाँले साे विचार व्यक्त गर्नुभएको हाे ।
राष्ट्रपति भवन शीतल निवासमा उहाँहरुबीच भएको भेटवार्तामा ह्यारीले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको द्विशतवार्षिकीका अवसरमा बेलायतका महारानी तथा आफ्नी हजुरआमाको विशेष सद्भावना सन्देश लिएर आफू नेपाल आएको जानकारी गराउनुभएको थियो ।
राजकुमार ह्यारीले नेपालको मनोरम हिमशृङ्खलासहितका प्राकृतिक सम्पदा, पर्यावरण र वन्यजन्तु संरक्षणजस्ता विषयमा चासो राख्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
विशेषत गोर्खा सैनिकको लगन, इमान्दारी, बहादुरी र बफादारीलाई नजिकबाट प्रत्यक्ष रुपमा नियाल्ने अवसर पाएको र त्यसबाट आफू अत्यन्तै प्रभावित भएको प्रसङ्ग राजकुमार ह्यारीले उल्लेख गर्दै गोर्खा सैनिक बाँकी विश्वका लागि सद्भावना राजदूतका रुपमा रहेको बताउनुभयो ।
“भूकम्प र इन्धन समस्या भोगिरहँदा समेत नेपालीको अनुहारमा हाँसो देख्दा विपद्मा पनि धैर्य र साहस देखाउने गोर्खाली सैनिकको गुण सबै नेपाली जनतामा रहेको मैले प्रत्यक्ष अनुभूत गर्न पाएँ,” राजकुमार ह्यारीले भन्नुभयो ।
राष्ट्रपति भण्डारीले पुरानो मित्र राष्ट्रको राजपरिवारका एक सदस्यलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै गत वैशाखमा गएको भूकम्पबाट पीडित नेपालीलाई टाढा रहेर पनि तदारुकताका साथ उद्धार एवम् सहयोग पु¥याएकामा बेलायत सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
नेपालको विकासमा साझेदार मुलुकका रुपमा बेलायतबाट ठूलो सहयोग हुँदै आएकामा आभार व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सबै नेपालीका बीचमा सुपरिचित राजकुमारका पर्यटन, पर्यावरण, साहसिक र परोपकारी कार्यजस्ता रुचिबाट नेपाललाई योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको पाँचदिने भ्रमणका लागि शनिबार यहाँ आइपुग्नुभएका बेलायती राजकुमार ह्यारीले आज विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र र नागबहालस्थित हिरण्यवर्ण महाविहारको अवलोकन तथा त्यहाँ भूकम्पबाट भएको क्षति तथा भक्तपुरमा बेलायती सहयोग नियोगले भूकम्पपीडितलाई गरेको उद्धार सहयोग लगायत विषयमा जानकारी लिने कार्यक्रम छ । रासस
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति