
राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार काठमाडौँको भृकुटीमण्डममा आयोजित पाँचौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०१६ को उद्घाटन समारोहमा । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ आयोजित विशेष समारोहका बीच पाँचौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०१६ को उद्घाटन गर्नुभयो ।
समारोहमा राष्ट्रपति भण्डारीले मेलाले दक्षिण एसियामा व्यापारिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै आधुनिकीकरण र उदारीकरणको अवसर र चुनौतीका बीच स्वदेशी उत्पादनलाई प्राथमिकता दिई अर्थतन्त्रलाई माथि उठाउनुपर्ने बताउनुभयो ।
उहाँले नयाँ संविधानले राजनीतिक सङ्क्रमणकाल अन्त्य गरी मुलुक आर्थिक विकासमा अग्रसर भइरहेका बेला वैदेशिक लगानीलाई पनि आकर्षित गराउन र निर्यात बढाउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले नयाँ व्यापारिक साझेदारीको खोजी, स्थानीय कच्चा पदार्थमा आधारित उद्योगमा जोड, मानव संशाधनका विकास, पर्यटन विकास, रोजगार, सीप, पारस्परिक लाभ, मौलिक कलालाई आत्मसात् गर्दै आत्मनिर्भर अर्थतन्त्रमा जान पनि सुझाव दिनुभयो ।
मेलाले नेपाललाई सक्रिय र विश्वासिलो व्यापार साझेदारका रुपमा स्थापित गर्ने र बाह्य लगानीका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिन सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले पछिल्लो समयमा व्यापार मेलाको सङ्ख्या बढे पनि उपयुक्त स्थान र पूर्वाधार विकासको अभाव रहेको गुनासो गर्दै सरकारले तय गरेबमोजिम चोभारमा अन्तर्राष्ट्रिय व्यापार मेलास्थल चाँडो बनाउन माग गर्नुभयो ।
उहाँले मेलाबाट उपभोग्य वस्तु र नेपाली उत्पादनको बजार बढ्न गई निर्यात बढ्ने तथा अर्थतन्त्र सबल हुने विश्वास व्यक्त गर्नुभयो ।
भारतीय चेम्बर अफ कमर्सका महानिर्देशक डा राजीव सिंहले नेपाल र भारतबीच शताब्दीदेखिको लामो र ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै भारतीय उद्योगी ऊर्जा विकासमा काम गर्न उत्सुक रहेको बताउनुभयो ।
चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको व्यापार केन्द्रका उपनिर्देशक उ थिङ ताओले मेलाको सफलताको कामना गर्दै आफ्नो सरकार नेपालको उद्योग क्षेत्रमा लगानी बढाउन, आधुनिक प्रविधि भित्र्याउन तत्पर रहेको बताउनुभयो ।
‘नेपाली वस्तु प्रवद्र्धन समृद्ध नेपाल निर्माण’ भन्ने नाराका साथ वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा भृकुटीमण्डपमा गरिएको पाँचदिने मेलामा हस्तकला र जडीबुटीसम्बन्धी उत्पादन रहनेछन् ।
महासङ्घका व्यापार मेलाका संयोजक केशवराज पाण्डेका अनुसार ३५० कक्ष रहेको मेलामा चीन, भारत, बङ्गलादेश, पाकिस्तान र अन्य मुलुकका उत्पादन रहेका छन् ।
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति