काठमाडौँ, ४ चैत । संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनसँग उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याणमन्त्री चन्द्रप्रकाश मैनालीले राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज द्विपक्षीय भेटवार्ता गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र पूर्व महिला, बालबालिका तथा समाजकल्याणमन्त्री नीलम केसीका साथ भएको उक्त भेटवार्तामा उपप्रधानमन्त्री मैनालीले नेपालको राजनीतिक एवम् सामाजिक विकासमा राष्ट्रसङ्घबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
लोकतान्त्रिक एवम् समावेशी चरित्रको नेपालको नयाँ संविधानबारे जानकारी गराउँदै उहाँले वार्ताका माध्यमबाट संविधानका बाँकी विषय मिलाउन सरकार क्रियाशील रहेको बताउनुभयो । सरोकारवाला र सरकारबीच उच्चस्तरीय राजनीतिक समिति बनाएर समस्याको समाधानमा सरकारी प्रयास जारी रहेको जानकारी पनि उहाँले महासचिवलाई गराउनुभएको न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महासचिव बानलाई २५६०औँ बुद्धजयन्तीका अवसरमा नेपाल भ्रमणको आमन्त्रणपत्र पनि हस्तान्तरण गर्नुभयो ।
उक्त नियोगका अनुसार महासचिव बानले लैङ्गिक समानता, महिला सशक्तीकरणका निम्ति महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
नेपालले गरेका विकासका प्रयासलाई आफूले निकटबाट नियालिरहेको बताउँदै महासचिव बानले निकट भविष्यमा उपमहासचिव जान एलिसोनको नेतृत्वमा राष्ट्रसङ्घीय प्रतिनिधिमण्डल पठाउन लागेको जानकारी दिनुभयो ।
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, ६ घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते