काठमाडौँ, ३ चैत । सूचना तथा सञ्चार मन्त्रालयले मातहतका निकाय÷संस्थानका प्रमुखले आफूखुसी स्वदेश वा विदेश भ्रमणमा जान नपाइने निर्णय गरेको छ ।
मातहतका कुनै पनि निकायका प्रमुखले विदेश जानुपर्दा सञ्चारमन्त्री र काठमाडौँ उपत्यका बाहिर जानुपर्दा सचिवसँग अनिवार्य अनुमति लिनुपर्ने गरी कार्यविधि जारी गरिएको छ । मन्त्री शेरधन राईले मङ्गलबार सो कार्यविधि स्वीकृत गर्नुभएको हो ।
ती निकायका प्रमुखले आफूखुसी भ्रमणमा जाने, प्रतिवेदन नदिने, मन्त्रालयका कतिपय काममा समन्वय नगर्ने र सवारी साधनको दुरुपयोग गर्ने गरेको पाइएपछि सरकारले त्यस्तो कार्यमा रोक लगाएको हो ।
मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले त्यसरी भ्रमणमा जाने प्रमुखले फर्केपछि कार्यक्रमको प्रतिवेदन र औचित्य पेस गर्नुपर्ने बताउनुभयो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता