
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७ औँ मन्त्रिपरिषद् बैठकको पूर्वसन्ध्यामा बुधबार सार्क स्थायी समितिको बैठकका सहभागीहरु सामूहिकरुपमा । तस्बिर ः हरि वास्तोला, पोखरा, रासस
पोखरा, ३ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७ औँ मन्त्रिपरिषद् बैठकको पूर्वसन्ध्यामा आज सार्क स्थायी समितिको बैठक यहाँ सुरु भएको छ ।
आठवटै सदस्य मुलुकका परराष्ट्र बाह्य मामिला मन्त्रालयका सचिव सम्मिलित बैठकको अध्यक्षता नेपालका परराष्ट्र मन्त्रालयका सचिव शङ्करदाश वैरागीले गर्नुभएको छ ।
बैठकमा सार्क क्षेत्रको युवा बेरोजगार समस्या समाधान गर्ने विषय सम्बन्धी प्रस्ताव ‘युथ चार्टड’ लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।
स्थायी समितिको ४२ औँ बैठकमा भाग लिन सदस्य राष्ट्रका परराष्ट्र बाह्य मामिला मन्त्रालयका सचिव हिजो अपराह्न पोखरा आइपुग्नुभएको हो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता