
काठमाडौँ, ३ चैत । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखिएको गुट–उपगुटको अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति काठमाडौँ शाखाले आज यहाँ आयोजना गरेको १३ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापति, पदाधिकारी एवम् सदस्यलाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले पार्टी भागबन्डाभन्दा पनि काँग्रेस एक ढिक्का बनाउनुपर्छ भन्नुभयो ।
“नयाँ संविधान निर्माण भए पनि सङ्घीयताको सवालमा सीमाङ्कनबारे मधेसी समुदायको असन्तुष्टि छ, त्यसलाई समाधान गर्दै संविधान कार्यान्वयन गर्नु चुनौतीपूर्ण छ, त्यसको नेतृत्व अब काँग्रेसले गर्नुपर्छ ।”–सभापति देउवाले भन्नुभयो ।
नवनिर्वाचित महामन्त्री डा शशाङ्क कोइरालाले विजय हुनेको त यसै पनि इतिहास लेखिन्छ, तर काँग्रेसले पराजय हुनेको इतिहास लेख्न सक्नुपर्छ भन्नुभयो । “पहिला नेताले कार्यकर्ता खोज्थे, तर अहिले कार्यकर्ताले नेता खोजिरहेका छन्, काँग्रेस यस्तो हुनुहुदैन ।”–उहाँले भन्नुभयो । राष्ट्रियतालाई जोगाउँदै काँग्रेसको नेतृत्वमा राजनीतिक स्थिरता कायम गर्नुपर्ने उहाँको भनाइ छ ।
नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादवले अहिलेको नयाँ नेतृत्वले पार्टीलाई एक ढिक्का बनाउँदै मधेस समस्या समाधान गरी सहिदको सपना पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सदस्य प्रकाशमान सिंहले मनोनीत केन्द्रीय सदस्यमा पराजय हुनेलाई मात्र स्थान दिनेभन्दा पनि सही मान्छे छान्नका लागि नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँले लामो समयदेखि हुन नसकेको काँग्रेसका भ्रातृ सङ्गठनको निर्वाचन जतिसक्दो चाँडो गर्नुपर्ने बताउनुभयो ।
काँग्रेस काठमाडौँ शाखा सभापति कृष्ण सबुज बाँनियाले पार्टीभित्रको राजनीतिक भागबन्डाको अन्त्य गरिनुपर्ने माग गर्नुभयो ।
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा